News Portal

  • मोरङलाई हराउदै क्यामरुन फाइनल प्रवेश, शनिबार झापासंग भिड्ने (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    २८७ पटक

    धरान: धरान उपमहानगरपालिका धरान -१६ स्थित २३औं अन्तराष्ट्रिय बुढासुब्बा टुबोर्ग गोल्डकपमा हिजो क्यामरुन एभेनियर फुटबल क्लब फाइनल प्रवेश गरेको छ ।

    धरान -१६ स्थित क्षेत्रीय रंगशालामा बिहिबार भएको दोस्रो तथा अन्तिम सेमीफाइनल खेलमा एन्फा मोरङलाई २–० गोलले पराजित गर्दै क्यामरुन फाइनल प्रवेश गरेको हो । क्यामरुनको जितमा पहिलो हाफको ४४ औं मिनेटमा टिम्बाले गोल गर्दै अग्रता दिलाएका थिए। दोस्रो हाफको ४२ औं मिनेटमा एन्फा मोरङले आत्मघाती गोल गर्दा क्यामरुनले जीत सुनिश्चित गऱ्यो । मोरङका खेलाडी सुजन चौधरीले डिबक्सभित्र बल रोक्ने प्रयास गर्दा आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए।

    आयोजित खेलको म्यान आफ दि म्याच क्यामरुनका डिन घोषित भए । उनले नगद १० हजार प्राप्त गरे। क्यामरुनले शनिबार उपाधिको लागि काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापासंग खेल्ने छ । झापाले बुधबार युनाइटेड कर्साङ फुटबल क्लब भारतलाई ३–१ ले हराउदै फाइनलका लागि प्रवेश गरेका थिए।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

    काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...

    खर्च नियन्त्रण र विकासमा जोड, सेवा प्रवाह सुधार महानगरको लक्ष्यः बालेन शाह

    काठमाडौं, मंसिर २९ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत लगानी...

    एमाले नेतृत्व चयनका लागि उम्मेदवारी शुल्क तोकियो, अध्यक्षका लागि १५ हजार

    काठमाडौं, मंसिर २९ – नेकपा (एमाले) ले नयाँ नेतृत्व चयनका लागि हुने आन्तरिक निर्वाचनमा उम्मेदवारी...

    आज २०८२ साल मंसिर २९ गतेको राशिफल

    आज मंसिर २९, २०८२ (डिसेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नेपाली कांग्रेस गङ्गाजमुना गाउँपालिकाका उपसभापति मीनबहादुर बानियाँमाथि आक्रमण

    धादिङ — गङ्गाजमुना गाउँपालिका वडा नं. ५ अन्तर्गत अर्थले–मदौरे–पञ्चकन्या नेपाली टोलमा गोरेटो बाटो निर्माणको क्रममा...