News Portal

मोरङको सुनबर्षी नगरपालिका वडा नं. ५ द्वारा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

हिमालीसंचार संवाददाता
२३८ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको सुनबर्षीमा “आजको बाललबालिका भोलिको भविष्य सुनबर्षीको सम्बृद्धिमा नागरिक समाजको भूमिका” भन्ने मुल नाराका साथ सुनबर्षी नगरपालिकाको वडा नम्बर ५ ले सुनवर्सी अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।

सुनबर्षी वडा नं.५ को सभाहलमा भएको कार्यक्रममा नगर भरिका सामुदायिक तथा नीजि गरी ८ वटा बिधालयको सहभागिता रहेको थियो । वक्तृत्वकलामा सुनवर्षी बाल क्लबको आयोजना तथा  वडा नं. ५ को सहयोगमा गरिएको  थियो । वक्तृत्वकलामा प्रथम, द्वितीय र तृतीय क्रमश जनता आधारभूत विद्यालयका दिपा कुमारी मण्डलले नगद ५ हजार १ सय रुपैयाँ, श्री सार्वजनिक आधारभूत बिधालयका अनामिका कुमारी दासले नगद ३ हजार १ सय रुपैयाँ, काली माध्यमिक बिधालयका आयुष कुमार दासले २ हजार १ सय रुपैयाँ तथा सनराइज बोर्डिग स्कूलले नगद ११ सय रुपैयाँ प्राप्त गरेका थिए ।

आयोजित कार्यक्रम मेयर श्याम राजवंशी, वडाअध्यक्ष  युगेश्वरप्रसाद ठाकुर र विभिन्न वडाअध्यक्ष, सदस्य, स्थानीय समाजसेवी शिक्षक हरेक विजेताहरुलाई नगद प्रमाणपत्र वितरण गरिएको थियो । 

सुनबर्षी नगरपालिका वडा नम्बर ५ मा युगेश्वर प्रसाद ठाकुर विजयी भएर आएपछि वडा स्तरमा निकै लोकप्रीय नयाँ काम गरेर वडा बासिका लागि अभिभावकीय भुमिका निर्वाह गर्दै आएका छन्। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...