News Portal

मोरङको रंगेली नगरपालिकामा प्याव्सनद्वारा फुटबल खेल शुरु

हिमालीसंचार संवाददाता
२९० पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकामा रहेको नगर प्यव्सनले “स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद” भन्ने मुल नाराका साथ खेलकूदको आयोजनामा गरिएको छ।

रंगेलीको जनता क्याम्पसको खेल मैदानमा नकआउट क्रिकेट तथा फुटबल टुनामेन्ट शुरु भएको छ । नगर प्याव्सन रंगेलीद्वारा सुरु भएको टुनामेन्टमा रंगेली नगरपालिका र रतुवामाई नगरपालिकामा रहेको सामुदायिक बिधालयको सहभागिता रहेको थियो ।

आयोजित कार्यक्रमको प्रमुख अतिथि रंगेली नगरपालिकाको मेयर दिलिप बगडिया, विशिष्ट अतिथि उपमेयर भुमा पराजुली, नगर अध्यक्ष  सूर्यप्रसाद गौतम, मोरङ प्याव्सन अध्यक्ष शितला सुम्बा, सल्लाहकार सदस्य, प्याव्सनका प्रदेश-१ का सुनिल पौडेल, भक्तराज सुम्बा, विष्णु डंगोल, विकर्ण कार्की लगायतको उपस्थिति रहेको थियो। 

आयोजित उद्घाटन खेलमा मिनिल्याण्ड ईङ्लिस बोर्डिङ स्कुलले उद्घाटन खेलमा देश भक्ति गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए । उक्त खेलमा मिनिल्याणड बोर्डिङ स्कुल, भानु मेमोरियल बोर्डिङ स्कुल, माउन्ट मकालु बोर्डिङ स्कुल, स्टार बोर्डिङ स्कुल, मुनलाईट बोर्डिङ स्कुल, बाल ज्योति बोर्डिङ स्कुल  गरि  ८ वटा बिधालयहरुको सहभागी रहेको थियो। 

खेलमा प्रथम प्रथम र दोस्रो हुने खेलाडीहरुलाई सिल्ड प्रमाणपत्र बितरण गरिने बिकर्ण कार्कीले बताए । आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे मेयर बगडियाले आगामी ४ बर्ष भित्रमा उक्त खेल मैदानमा कवडहल सहित एस्टिडेम स्थापनाका लागि डिपिआरको गरी भवन निर्माणकार्य सुरु गरिएको निर्माणका लागि स्थानीय, प्रदेश तथा केन्द्रबाट बजेट ल्याएर काम अगाडि बडाउने बगडियाले प्रतिबद्धता जनाए।  

त्यसैगरी मिनिल्याड बोर्डिङ स्कुलका बालबालिकाहरुको नृत्य देखेर बिधालयलाई नगद २१ हजार रुपैयाँ समेत दिईने समेत जनाएका छन ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...