News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • ऐतिहासिक रसुवागढीमा आजदेखि नेपालको राष्ट्रिय झण्डा

    हिमाली संचार संवाददाता
    ४५७ पटक

    ज्ञानेन्द्र न्यौपाने 
    रसुवा– नेपाल–चीनबीच सिमानास्थित ऐतिहासिक रसुवागढीमा आजदेखि नेपालको राष्ट्रिय झण्डा फहराइएको छ ।

    लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजङ्ग गणका अनुसार नेपाल–चीनबीच सिमानामा पर्ने ऐतिहासिक गढीको धरोहर क्षेत्रलाई संरक्षण र परिचय दिलाउने उद्देश्यले झण्डाको स्तम्भ निर्माण गरी नेपाली सेना, मध्यपृतना हेडक्वाटर मकवानपुरका पृतनापति उपरथी सुवर्णबहादुर शाहले झण्डोत्तोलन गरेका हुन् ।

    नेपाली सेना ६ नं बाहिनी अड्डाको निर्देशनमा स्तम्भ निर्माण गरिएको हो । गोसाइँकुण्ड गाउँपालिका, रसुवागढी जलविद्युत् आयोजना र रसुवा भन्सार कार्यालयको सहयोगमा कालीजङ्ग गणका सैनिक श्रमबाट स्तम्भ निर्माण भएको गणपति शीतल बानियाँले जानकारी दिए ।

    साढे २८ फिट अग्लो झण्डाको स्तम्भका साथै नेपाल तिब्बत युद्धका बेला १९१२ मा भएको ऐतिहासिक विषयवस्तुसमेत स्तम्भको शिलामा राखिएको बताइएको छ । मल्लकालमै साधारण किल्लाको रुप दिइएको सो गढी बहादुर शाहका पालामा वि.सं १८४५ र १८४९ भोट र चीनसँगको लडाइँमा पनि प्रयोग भएको र वि.सं १९१२ मा जङ्गबहादुर राणाका पालामा फर्म बेसका रुपमा दुई महिना १३ दिन लगाएर निर्माण गरिएको बताइएको छ । नेपालले १८४५ को नेपाल भोट युद्ध, १८४९ को भोट चीन युद्ध र विसं १९१२÷१३ को अन्तिम युद्ध हुँदा सो गढीबाट आक्रमण र सुरक्षा गरिएको व्यहोरा नवस्थापित शिलापत्रमा उल्लेख गरिएको छ ।

    कालीजङ्ग गणका गणपति बानियाँलगायत गण परिवारबाट धुञ्चेमा रात्रिकालीन हेलिप्याड निर्माण भएको र रसुवागढीमा स्तम्भसहितको झण्डा फहराइएको जस्ता महत्वपूर्ण योगदान भएको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिए ।

    रसुवागढी प्रदेश नं ३ अन्तर्गत रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ मा समुद्र सतहदेखि एक हजार ८१४ मिटरको उचाइमा लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको लिन्दे र केरुङ खोलाको सङ्गम नजीक पर्छ ।

    नेपालकी राजकुमारी भृकुटीको विवाह तिब्बतका राजा स्रङचोङ गम्पोसँग गरिँदा जन्ती जाने आउने क्रममा यही बाटो प्रयोग गरिएको थियो ।

    वि.सं २०७२ वैशाखको गोरखा भूकम्पबाट क्षति पुगेको रसुवागढीका पूरै पर्खाल पुनःनिर्माण करिब ७० प्रतिशत सकिएको छ ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ १४, २०८२ (मे २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सरकारको एउटै चिन्ता जनता ठग्ने अनेकौं धन्दा

    ०६२/६३ पछिका दिनदेखी नेपाली जनताले कहिल्यै शान्ति पूर्ण रुपमा बाच्न र गरिखान पाएनन्। एक पछि...

    संविधानविपरीतको नियमावलीविरुद्ध सार्वजनिक यातायात व्यवसायीको आन्दोलन घोषणा, सेवा ठप्प पार्ने चेतावनी

    काठमाडौं, जेठ १३ – संविधानको मर्मविपरीत प्रदेश सरकारहरूद्वारा जारी गरिएका ऐन र नियमावलीविरुद्ध सार्वजनिक यातायात...

    गभर्नर पौडेलको नियुक्तिविरुद्ध सर्वोच्चमा नयाँ रिट, योग्यतामाथि गम्भीर प्रश्न उठ्दै

    काठमाडौं, जेठ १३ – नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको नियुक्ति प्रक्रिया फेरि विवादमा परेको...

    सन् २०८४ को निर्वाचनमा हर्क साम्पाङको राष्ट्रव्यापी उम्मेदवारीको घोषणा

    काठमाडौं, जेठ १३ – धरान उपमहानगरपालिकाका चर्चित मेयर हर्क साम्पाङले सन् २०८४ मा हुने संघीय...