News Portal

ऐतिहासिक रसुवागढीमा आजदेखि नेपालको राष्ट्रिय झण्डा

हिमाली संचार संवाददाता
५३६ पटक

ज्ञानेन्द्र न्यौपाने 
रसुवा– नेपाल–चीनबीच सिमानास्थित ऐतिहासिक रसुवागढीमा आजदेखि नेपालको राष्ट्रिय झण्डा फहराइएको छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजङ्ग गणका अनुसार नेपाल–चीनबीच सिमानामा पर्ने ऐतिहासिक गढीको धरोहर क्षेत्रलाई संरक्षण र परिचय दिलाउने उद्देश्यले झण्डाको स्तम्भ निर्माण गरी नेपाली सेना, मध्यपृतना हेडक्वाटर मकवानपुरका पृतनापति उपरथी सुवर्णबहादुर शाहले झण्डोत्तोलन गरेका हुन् ।

नेपाली सेना ६ नं बाहिनी अड्डाको निर्देशनमा स्तम्भ निर्माण गरिएको हो । गोसाइँकुण्ड गाउँपालिका, रसुवागढी जलविद्युत् आयोजना र रसुवा भन्सार कार्यालयको सहयोगमा कालीजङ्ग गणका सैनिक श्रमबाट स्तम्भ निर्माण भएको गणपति शीतल बानियाँले जानकारी दिए ।

साढे २८ फिट अग्लो झण्डाको स्तम्भका साथै नेपाल तिब्बत युद्धका बेला १९१२ मा भएको ऐतिहासिक विषयवस्तुसमेत स्तम्भको शिलामा राखिएको बताइएको छ । मल्लकालमै साधारण किल्लाको रुप दिइएको सो गढी बहादुर शाहका पालामा वि.सं १८४५ र १८४९ भोट र चीनसँगको लडाइँमा पनि प्रयोग भएको र वि.सं १९१२ मा जङ्गबहादुर राणाका पालामा फर्म बेसका रुपमा दुई महिना १३ दिन लगाएर निर्माण गरिएको बताइएको छ । नेपालले १८४५ को नेपाल भोट युद्ध, १८४९ को भोट चीन युद्ध र विसं १९१२÷१३ को अन्तिम युद्ध हुँदा सो गढीबाट आक्रमण र सुरक्षा गरिएको व्यहोरा नवस्थापित शिलापत्रमा उल्लेख गरिएको छ ।

कालीजङ्ग गणका गणपति बानियाँलगायत गण परिवारबाट धुञ्चेमा रात्रिकालीन हेलिप्याड निर्माण भएको र रसुवागढीमा स्तम्भसहितको झण्डा फहराइएको जस्ता महत्वपूर्ण योगदान भएको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिए ।

रसुवागढी प्रदेश नं ३ अन्तर्गत रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ मा समुद्र सतहदेखि एक हजार ८१४ मिटरको उचाइमा लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको लिन्दे र केरुङ खोलाको सङ्गम नजीक पर्छ ।

नेपालकी राजकुमारी भृकुटीको विवाह तिब्बतका राजा स्रङचोङ गम्पोसँग गरिँदा जन्ती जाने आउने क्रममा यही बाटो प्रयोग गरिएको थियो ।

वि.सं २०७२ वैशाखको गोरखा भूकम्पबाट क्षति पुगेको रसुवागढीका पूरै पर्खाल पुनःनिर्माण करिब ७० प्रतिशत सकिएको छ ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...