News Portal

  • शेर्पा समाज मकाउद्वारा “ग्याल्पो ल्होसार” भव्य रुपमा सम्पन्न

    हिमालीसंचार संवाददाता
    ७१६ पटक

    मकाउ – चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा गठीत शेर्पा समाज मकाउले गत फेब्रुअरी २१ तारिक सोफिटेल होटल (पोन्टे -१६) मकाउ स्थित भव्य रुपमा मुख्य साँस्कृतिक तथा मौलिक चाड ग्याल्पो ल्होसार सम्पन्न गरिएको छ ।

    शेर्पा समाज मकाउका अध्यक्ष ङवाङ ग्याल्जे शेर्पाको अध्यक्षतामा आयोजित कार्यक्रममा मकाउमा गठीत सम्पूर्ण संघयंस्थाहरुको सहभागिता रहेको थियो। मकाउमा गठीत जातिय संघसंस्थाहरु मध्ये शेर्पा समाज मकाउ सक्रिय रुपमा आफ्नो मौलिक रीतिरिवाज,धर्म सँस्कृति र परम्परालाई जगेर्न गर्दै आइ रहेका छन्। सोही अनुरूप यस बर्ष मकाउमा कार्यरत शेर्पा समुदायको मातृ संस्था शेर्पा समाज मकाउको विशेष आयोजनामा ग्याल्पो ल्होसार सम्पन्न गरिएको हो।

    आयोजित कार्यक्रममा आमन्त्रित अतिथिहरुमा नेपाल आदिबासी जनजाति महासंघ मकाउका अध्यक्ष प्रमुख अतिथि भिमकुमार राई (किराती), गुरुङ “तमु” समाज मकाउ सार चीनका अध्यक्ष लिलबहादुर गुरुङ(गोरा), तामाङ घेदुङ मकाउका उपाध्यक्ष विरेन वाइवा, मगर संघ मकाउका प्रतिनिधि इन्द्र सारु मगर, किरात राई यायोक्खा मकाउका अध्यक्ष मंगल राई, किरात याक्थुङ चुम्लुङका अध्यक्ष चण्डि योङ्या, नेवा समाज मकाउका अध्यक्ष अनील श्रेष्ठ, गैरआवसिय नेपाली संघ मकाउका कार्यवाहक अध्यक्ष रुस्तम श्रेष्ठ, प्रबासी नेपाली मन्च मकाउका अध्यक्ष उत्तम गुरुङ, बर्दरहुड एसोसियसन मकाउका प्रतिनिधि विज्ञान जोशी र नेपाली समाज मकाउ अध्यक्ष युबराज न्यौपानेको उपस्थिति रहेको थियो।

    प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी विश्वभर एक साथ मनाउदै आएका छन्। सोही अनुरूप मकाउमा पनी एक कार्यक्रमको आयोजना गरी भव्य रुपमा सम्पन्न गरिएको हो। 

    नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाएका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा शेर्पा समुदायको ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ।

    ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाउने प्रचलन रही आएको छ । नेपालका विभिन्न हिमाली क्षेत्रका १२ जिल्लाहरुमा भव्यताका सथमा मनाइने ग्याल्पो ल्होसार हाल नेपालका २२ जिल्ला साथै पछिल्लो समय देश विदेशमा भव्यताका साथमा मनाउन थालिएको छ ।शेर्पा समाज मकाउद्वारा मनोरञ्जन संगै समाजसेवामा समर्पित कार्यक्रममा कपल कम्पिटिशनको कार्यक्रम समेत राखिएको थियो। आयोजित कार्यक्रममा कपल कम्पिटिशन लक्की ड्र’का माध्यमद्वारा पहिलो, दोस्रो र तेस्रो घोषित गरिएको थियो। विजेतालाई क्रमश सुनको सिक्री पुरस्कार प्रदान गरिएको शेर्पा समाजकी सक्रिय सदस्य तथा समाजसेवी गीता मगर शेर्पाले जानकारी दिइन् ।

    लक्की ड्र’मार्फ़त पहिलो हुनेमा धनकुटा जिल्लाका रञ्जिता लामा र शंकर लामा, दोस्रो हुनेमा ताप्लेजुङका अनील लिम्बुको जोडी र तेस्रो हुनेमा काठमाडौका चण्डि योङ्या र कुमारी लिम्बु घोषित भएका थिए। 

    त्यस्तै, ल्होसारको उपलक्ष्यमा कैलालीको साहारा-घरमा आश्रित रहेका बालवालिका, अपांग तथा बृद्धा आमा बाबालाई एक छाक मिठो भोजन खुवाउने कार्यक्रम रहेको समेत समाजसेवी गीता मगर शेर्पाले जानकारी दिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    प्रधानमन्त्री ओलीको घोषणा : आगामी १५ वर्षभित्र नेपालबाट गरिबी हटाइने

    झापा, असार २९  – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १५ वर्षभित्र नेपाललाई गरिबीमुक्त राष्ट्र बनाउने...

    फुस्रेखोलामा पौडी खेल्दा डुबेर युवकको मृत्यु

    पोखरा, असार २९  — पोखरा महानगरपालिका वडा नम्बर १७ पावरहाउसस्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर...

    दक्षिण भारतीय सिनेमाका खलनायक कोटा श्रीनिवास अब रहेनन्

    हैदराबाद, असार २९ – दक्षिण भारतीय सिनेमामा आफ्नो दमदार अभिनयले छुट्टै पहिचान बनाएका बहुप्रतिभाशाली अभिनेता...

    स्पेन भिजिट भिसा प्रकरणमा संसदीय छानबिनको माग, सहभागीहरू नफर्किएको दाबी

    काठमाडौं, असार २९ — प्रधानमन्त्री सहभागी स्पेन भ्रमणमा भिजिट भिसाबाट गएका केही नेपाली नफर्किएको पुष्टि...

    झापामा प्रधानमन्त्री ओलीको प्रस्टोक्ति : स्पेन भ्रमणबारे अराजकहरूले फैलाएको हल्ला आधारहीन

    झापा, असार २९ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालै सम्पन्न स्पेन भ्रमणलाई लिएर केही...