News Portal

  • २३औं बुढासुब्बा टुबोर्ग गोल्डकपको आवश्यक तयारी पुरा, गोर्खा ब्यान्डको विशेष प्रस्तुति रहने (भिडियो सहित)

    जेष्ठ नागरिक ६५ बर्ष पुरा गरेको, अपाङ तथा नेपाल प्रहरीका विधार्थीका लागि प्रवेश निःशुल्क!

    हिमालीसंचार संवाददाता
    ३४१ पटक

    धरान – २३औं सँस्करणको बुढासुब्बा टुबोर्ग गोल्डकपको आवश्यक तयारी पुरा भएको आयोजकले जानकारी दिएका छन्। धरान-१६ स्थित क्षेत्रीय रंगशाला धरानमा भोली उद्घाटन हुन लागेको बुढासुब्बा टुबोर्ग गोल्डकपको उद्गोधाट समारोहमा ब्यान्ड विशेष प्रस्तुति रहने जानकारी दिए।

    आयोजित बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल खेलमा नेपाल प्रहरीका विधार्थीहरुले हरेक बर्ष स्वयंसेवकका रुपमा उपस्थित भएर सहयोग गर्दै आएका हुनाले विधालय पोशाकमा, फरक क्षमता भएको बालबालिकाहरु र ६५ बर्ष भन्दा माथीका जेष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको धरान फुटबल क्लबका अध्यक्ष  किशोर राईले जानकारी दिए। 

    त्यस्तै, धरानका अन्य विधालयका विधार्थीहरुका लागि समेत विशेष छुटको विषयमा छलफलमा रहेको बताए । अध्यक्ष राईले भने  विद्यार्थीहरू नै भविष्यका खेलाडी हुन् । उनीहरुलाई फुटबल हेर्न सहज बनाउने क्लबको बुझाई रहेको बताएका अध्यक्ष राईले सशुल्क प्रवेश गरेर सहयोग गर्न धरानबासी खेलप्रेमी सबैसंग आग्रह गरे।

    उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा धरान उपमहानगरपालिका धरानका मेयर हर्कराज राई (साम्पाङ) रहने समेत जानकारी दिए। मेयर साम्पाङ हामी सबैको नगर पिता हुन्। वहाँले खेलकूदका लागि विशेष सहयोग, सद्भाव र आवश्यक सहयोग गर्दै आएको बताए। त्यस्तै, अध्यक्ष राईले प्रत्येक दिन प्रमुख अतिथि फरक फरक हुने पनी बताए।

    बुढासुब्बा टुबोर्ग गोल्डकपका लागि प्रवेश शुल्क पुरानो नै कायम रहेको बताए। उद्घाटन समारोहदेखि क्वाटर फाइनलसम्म १ सय, सेमिफाइनलमा २ सय र फाइनल खेलमा ३ सय प्रवेश शुल्क राखिएको अध्यक्ष राईले जानकारी दिए। तर, यसपाली टिकटका लागि अनलाइन खल्ति सेवा मार्फत टिकट खरिद गर्न सकिने समेत जानकारी दिए। 

    बुढासुब्बा टुबोर्ग गोल्डकप विजेताले नगद १० लाख, उपविजेताले ५ लाख पुरस्कार प्राप्त गर्ने छन्। त्यस्तै, उत्कृष्ट खेलाडीले नगद १ लाख, उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिड फिल्टर, स्ट्राइकर, प्रशिक्षकलाई जनही नगद २५ हजार र प्रत्येक खेलका म्यान अफ दि म्याचले नगद १० हजार प्राप्त गर्ने छन्। 

    २३औं सँस्करका खेलमा आयोजक धरान फुटबल क्लब धरान, युकेएफसि भारत, केबिपिएस वंगलादेश, एभेनियर एफसि क्यामरुन, नेपाल पुलिस क्लब काठमाण्डौं, बागमती युवा क्लब सर्लाही, केएफटिसि झापा र एन्फा मोरङ सहित ८ टिम बिच प्रतिस्पर्धा हुने छ। भोली उद्घाटन खेल आयोजक धरान फुटबल क्लब धरान र युके एफसि भारतबिच प्रतिस्पर्धा हुने समेत पत्रकार सम्मेलनमा अध्यक्ष राईले जानकारी दिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

    काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...

    खर्च नियन्त्रण र विकासमा जोड, सेवा प्रवाह सुधार महानगरको लक्ष्यः बालेन शाह

    काठमाडौं, मंसिर २९ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत लगानी...

    एमाले नेतृत्व चयनका लागि उम्मेदवारी शुल्क तोकियो, अध्यक्षका लागि १५ हजार

    काठमाडौं, मंसिर २९ – नेकपा (एमाले) ले नयाँ नेतृत्व चयनका लागि हुने आन्तरिक निर्वाचनमा उम्मेदवारी...

    आज २०८२ साल मंसिर २९ गतेको राशिफल

    आज मंसिर २९, २०८२ (डिसेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नेपाली कांग्रेस गङ्गाजमुना गाउँपालिकाका उपसभापति मीनबहादुर बानियाँमाथि आक्रमण

    धादिङ — गङ्गाजमुना गाउँपालिका वडा नं. ५ अन्तर्गत अर्थले–मदौरे–पञ्चकन्या नेपाली टोलमा गोरेटो बाटो निर्माणको क्रममा...