News Portal

धरान एक्स्पो मुख्यमन्त्री कार्कीद्वारा उद्घाटन, नगरका विभिन्न स्थानबाट निःशुल्क बसको व्यवस्था (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३०६ पटक

धरान – धरान उपमहानगरपालिका धरान-१६ स्थित क्षेत्रीय रंगशाला हेली प्याडमा धरान एक्स्पो प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गरेको छन्। धरान एक्स्पोमा आउनका लागि वराहक्षेत्र नगरपालिकाको चतरा र धरानका विभिन्न चार स्थानबाट एक्स्पो महोत्सवमा आउन निःशुल्क बसको व्यवस्था समेत गरिएको छ।

आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दे मुख्यमन्त्री कार्कीले उद्योगी, व्यवासायीहरु बैंकको ब्याजदरप्रति अत्यन्तै चिन्तित रहेको उल्लेख गर्दै यो समस्याबारे नेपाल सरकारले आफ्नो धारणा अविलम्ब व्यक्त गर्नुपर्ने र राष्ट्र बैंकले आफ्नो नीतिलाई स्पष्ट पार्नु पर्ने धारणा व्यक्त गरेका थिए।

मुख्यमन्त्री कार्कीले थप भने “व्यजदर बढेर १६ प्रतिशतसम्म पुगेको हुदा चिन्ता व्यक्त गरिरहनु भएको छ। मुख्यमन्त्री कार्कीले अविलम्ब नेपाल सरकार र राष्ट्र बैंकले सम्बोधन गर्नु पर्ने बताए। मुख्यमन्त्री कार्कीले सकिन्छ भने १० प्रतिशत भन्दा माथि ब्याजदर नहुने गरि ब्याजदर घटाउनुपर्ने पनि धारणा राखे । नेपालमा उद्योग, व्यापार गर्ने, जिविकोपार्जन गर्ने तथा औद्योगिक क्षेत्र वलियो बनाउने आधार तयार गर्नुपर्ने धारणा राख्दै उनले भने,‘यसको लागी म नेपाल सरकारसँग जोडदार माग गर्छु । तपाईहरुसँगै समन्वय गरेर नेपाल सरकारसँग कुराकानी गर्न नेतृत्व लिन तयार रहेको बताए। 

मुख्यमन्त्री कार्कीले धरानको खानेपानी समस्याको समाधानका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए। उनले भने तमोर र सप्तकोशीको बगिरहेको पानी धरान ल्याएर धराने जनतालाई खुवाउ सकिने समेत बताए। धरान ‘नगरपालिकासँग साझेदारीमा खानेपानीको माँग आपूर्ति गर्न सरकारसंग सार्थक प्रयास गर्ने समेत बताए। उनसे थर भने; म मेयर साब र यहाँका जनप्रतिनिधिहरुलाई आग्रह गर्छु, एउटाले मात्र हामी धरानको खानेपानीको समस्या हल गर्न सक्दैनौं । साझेदारीमा खानेपानी खुवाउने सपना पुरा गर्ने प्रतिवद्धता जनाएका थिए । 

मेयर साम्पाङले मुख्यमन्त्री कार्कीको अभिव्यक्ति प्रति खुशी व्यक्त गरे। उनका अनुसार सप्तकोशीबाट पानी ल्याउन अध्ययन भइरहेको बताए। त्यो अध्ययन सकेपछि मन्त्री, मुख्यमन्त्रीलाई भेट्न जाने बताए । उनले भने, ‘अत्यन्त खुशीको कुरा छ, उहाँहरुले सहयोग गर्नुहुनेछ । सप्तकोशीको पानी धरान ल्याउन अध्ययन भइसकेको पछि मन्त्री ज्युहरुलाई भेट्न जान्छौं।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...