News Portal

  • धरान एक्स्पो मुख्यमन्त्री कार्कीद्वारा उद्घाटन, नगरका विभिन्न स्थानबाट निःशुल्क बसको व्यवस्था (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    २६१ पटक

    धरान – धरान उपमहानगरपालिका धरान-१६ स्थित क्षेत्रीय रंगशाला हेली प्याडमा धरान एक्स्पो प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गरेको छन्। धरान एक्स्पोमा आउनका लागि वराहक्षेत्र नगरपालिकाको चतरा र धरानका विभिन्न चार स्थानबाट एक्स्पो महोत्सवमा आउन निःशुल्क बसको व्यवस्था समेत गरिएको छ।

    आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दे मुख्यमन्त्री कार्कीले उद्योगी, व्यवासायीहरु बैंकको ब्याजदरप्रति अत्यन्तै चिन्तित रहेको उल्लेख गर्दै यो समस्याबारे नेपाल सरकारले आफ्नो धारणा अविलम्ब व्यक्त गर्नुपर्ने र राष्ट्र बैंकले आफ्नो नीतिलाई स्पष्ट पार्नु पर्ने धारणा व्यक्त गरेका थिए।

    मुख्यमन्त्री कार्कीले थप भने “व्यजदर बढेर १६ प्रतिशतसम्म पुगेको हुदा चिन्ता व्यक्त गरिरहनु भएको छ। मुख्यमन्त्री कार्कीले अविलम्ब नेपाल सरकार र राष्ट्र बैंकले सम्बोधन गर्नु पर्ने बताए। मुख्यमन्त्री कार्कीले सकिन्छ भने १० प्रतिशत भन्दा माथि ब्याजदर नहुने गरि ब्याजदर घटाउनुपर्ने पनि धारणा राखे । नेपालमा उद्योग, व्यापार गर्ने, जिविकोपार्जन गर्ने तथा औद्योगिक क्षेत्र वलियो बनाउने आधार तयार गर्नुपर्ने धारणा राख्दै उनले भने,‘यसको लागी म नेपाल सरकारसँग जोडदार माग गर्छु । तपाईहरुसँगै समन्वय गरेर नेपाल सरकारसँग कुराकानी गर्न नेतृत्व लिन तयार रहेको बताए। 

    मुख्यमन्त्री कार्कीले धरानको खानेपानी समस्याको समाधानका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए। उनले भने तमोर र सप्तकोशीको बगिरहेको पानी धरान ल्याएर धराने जनतालाई खुवाउ सकिने समेत बताए। धरान ‘नगरपालिकासँग साझेदारीमा खानेपानीको माँग आपूर्ति गर्न सरकारसंग सार्थक प्रयास गर्ने समेत बताए। उनसे थर भने; म मेयर साब र यहाँका जनप्रतिनिधिहरुलाई आग्रह गर्छु, एउटाले मात्र हामी धरानको खानेपानीको समस्या हल गर्न सक्दैनौं । साझेदारीमा खानेपानी खुवाउने सपना पुरा गर्ने प्रतिवद्धता जनाएका थिए । 

    मेयर साम्पाङले मुख्यमन्त्री कार्कीको अभिव्यक्ति प्रति खुशी व्यक्त गरे। उनका अनुसार सप्तकोशीबाट पानी ल्याउन अध्ययन भइरहेको बताए। त्यो अध्ययन सकेपछि मन्त्री, मुख्यमन्त्रीलाई भेट्न जाने बताए । उनले भने, ‘अत्यन्त खुशीको कुरा छ, उहाँहरुले सहयोग गर्नुहुनेछ । सप्तकोशीको पानी धरान ल्याउन अध्ययन भइसकेको पछि मन्त्री ज्युहरुलाई भेट्न जान्छौं।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...