News Portal

  • ११औं नेवा च्यारेटी १० के धरान रनको आवश्यक तयारी पुरा, गोर्खा ब्रिगेड व्याण्ड प्रस्तुति रहने (भिडियो सहित)

    प्रमुख आर्कष व्यक्तित्वमा नायक दयाहाङ राई र सेफ सन्तोष शाह आउने!

    विकास चाम्लिङ राई
    ४५८ पटक

    विकास चाम्लिङ राई/धरान – “स्वस्थ्य शरिर, स्वस्थ्य जिवन, स्वच्छ धरान” प्रमुख नाराका साथ धरान रन समुहको आयोजनामा हुन लागेको एघारौ धरान १० किलोमिटर नेवा च्यारिटि रन २०७९ दौड प्रतियोगिताको आवश्यक तयारी पुरा भएको छ ।

    यहि शनिवार आयोजना हुने दौड प्रतियोगिताको एघारौ संस्करणमा धरान र धरान वाहिरका तिन हजार बढी धावकहरुले सहभागिता जनाउने धरान रनका अध्यक्ष रोमु राईले विहिवार पत्रकार सम्मेलनमा जानकारी गराए । 

    प्रतियोगितामा नेपालका राष्ट्रिय म्याराथन धावकहरु संगै भारतको डार्जिलिंग, सिक्किम, केन्या, हङकङ, अमेरिका र युके लगायत देशहरुवाट समेत धाबकहरुले सहभागिता जनाउने अध्यक्ष राईले बताए । प्रतियोगिताका विजेताले नगद ६० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । दोस्रो उपाधि विजेताले ४० हजार र तेस्रो उपाधि विजेताले जनही ३० हजार रुपैया, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

    त्यस्तै, प्रतियोगितामा १३ वर्ष मुनि, ४० देखि ५९ वर्ष सम्मका भ्रेटान, ६० बर्षदेखि माथी सुपर भ्रेटान र व्हिलचियरको छुट्टै प्रतिस्पर्धा गराइने छ । १३ वर्ष मुनिकाहरुले ३ किलोमिटर मात्र दौड्न पर्नेछ । भ्रेटान, १३ वर्ष मुनिका र व्हिलचियर प्रतिस्पर्धा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश ७ हजार, ५ हजार र तिन हजार रुपैया, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सुपर भ्रेटानका विजेता तथा उपविजेताले गिफ्ट भौचर प्राप्त गर्नेछ ।

    रुट परिवर्तण र टाइमिङ चिपको प्रयोगः ११औं संस्करणमा दौड प्रतियोगिताको रुट परिवर्तन गरिएको छ । धरान उपमहानगरपालिकाले भर्खरै मात्र सुरु गरेको “वान वे” सवारी अभियानलाई सर्मथन गर्दै रुट परिवर्तन गरिएको धरान रनका संस्थापक अध्यक्ष तथा म्याराथन धावक सन्तोष राईले जानकारी गराए । अहिलेको रुटले लामो समय सडक अवरुद्ध गर्न नपर्ने आयोजकले जनाएको छ । यस पटक पुतलि लाइनबाट दौड सुरु गरेर पुरानो वजार, पालिका वजार, पिण्डेश्वर मन्दिर, विजयपुर चौक, रेडक्रस भवन, अमरहाट, जिरो पोइन्ट, जानकी चौक, स्वस्तिक चौक, मंगलवारे, रत्न चोक, वद्ध चोक, दुर्गा चोक हुदै पुतली लाइनमा नै समापन हुनेछ ।

    त्यस्तै, धरान रनले ११औं संस्करण दौड प्रतियोगितामा पहिलो पटक टाइमिङ्ग चिपको प्रयोग गरेका छन । करिव १६ लाख रुपैया खर्चमा टाइमिङ्ग चिप प्रयोगमा ल्याउन लागेका हुन । टाइमिङ्ग चिपको प्रयोग नेपालमा नै पहिलो रहेको अध्यक्ष राईले जानकारी गराए । चिपको प्रयोगले खेलाडिको सवै नतिजा तथा डाटा कम्प्युटरमा सेट हुने र सहि नतिजा तयार गर्न सकिने उनले वताए । यो सहभागि प्रत्येक खेलाडिको चेस्ट नम्बर संगै टासिएको हुन्छ ।

    विजेतालाई हाल्फ म्याराथन इन लण्डनमा सहभागिता गराउनेः ११औं संस्करणका महिला तथा पुरुष विजेतालाई आयोजक धरान रनले लण्डन हाल्फ म्याराथन इन लण्डनमा सहभागिता गराउने भएको छ । धरान रनले नेपाल रन लण्डन र लण्डन म्याराथन टिमसंग सहकार्य गरेर सहभागिता गराउन लागेका हुन । धरान १० किलोमिटर रन पुरुषतर्फ ३१ मिनट र महिलातर्फ ३४ मिनटमा पार गरेका विजेता, नेपाली नागरिक भएका खेलाडि  पुरुष एक र महिला एक जना खेलाडि लण्डन हाल्फ म्याराथनमा सहभागि गराउन लागेका हुन । एक जना खेलाडि बराबर करिव तिन लाख रुपैया खर्च हुन आउछ । त्यसको सम्पूर्ण व्यवस्थापन धरान रनले व्यहोर्ने भएको छ। धरान रनका संस्थापक अध्यक्ष सन्तोष राईले बताए ।

    प्रतियोगिताको मुख्य आकर्षण गोर्खा ब्रिग्रेड व्याण्ड प्रमुख आकर्षक व्यक्तित्वमा नायक दयाहाङ राई र बिबिसी मास्टर सेफ सन्तोष शाहको विशेष उपस्थिति रहने आयोजकले जानकारी दिए। प्रतियोगिताको आकर्षणको रुपमा गोर्खा ब्रिग्रेड व्याण्ड बेलायतको प्रस्तुति, नायक दयाहाङ राई र बिबिसी मास्टर सेफ सन्तोष शाहको उपस्थिति हुनेछ ।  दौड सुरु हुनु भन्दा अगाडि विट्रिस गोर्खा ब्रिग्रेड व्याण्डका ३५ जना टिमले प्रस्तुति दिने धरान रन समुहका वरिष्ठ सल्लाहकार एवं पुर्व व्रिटिस सैनिक सुवास राईले जानकारी गराए । 

    गोर्खा ब्रिगेड व्याण्डले विशेष गरि वेलायतको रोयल फेमिलिको विशेष कार्यक्रममा प्रस्तुति दिने गर्दछ । केहि समय नेपाल आएको टिमले पोखरा भर्ति क्याम्पमा गोर्खा व्रिटिस आर्मिमा भर्ति भएका गोर्खा सैनिकको कसम परेडमा प्रस्तुति दिन नेपाल आएका थिए। उक्त कार्यक्रममा वेलायतका डिफेन्स मिनिस्टर डा. अन्ड्रियु मोरिसनको उपस्थिति रहेको थियो ।
    व्याण्डले नेपाल आएको वेला नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी फोर्सका व्याण्डहरुलाई समेत तालिम दिने गरेको छ । व्याण्डले सोहि दिन प्रदेश १ भरिका पुर्व गोर्खा व्रिटिस सैनिकहरुका लागि समेत प्रस्तुति दिनेछ । उनीहरुलाई दिनको समय धरान १६ स्थित धरान रंगशालाको खेल मैदानमा प्रस्तुनि दिने छ ।

    त्यस्तै, नेपालका चर्चित कलाकार नायक राई र बिबिसी मास्टर सेफ शाह धवकहरुको हौसला वढाउनका लागि दौड सुरु हुन अगाडि धावकहरु माझ उपस्थिति जनाउनेछ । यस संगै दौड पश्चात औपचारि तथा पुरस्कार वितरण कार्यक्रममा समेत उनीहरुको उपस्थिति रहने छ । उनले कार्यक्रमलाई सम्वोधन गर्ने समेत कार्यक्रम रहेको आयोजकले जनाए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओलीले गृहमन्त्रीलाई चेतावनी, पासपोर्ट रोक्का र पक्राउ प्रयास अस्विकार

    काठमाडौं, असोज 23 — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोक्का र उपत्यका...

    एमाले नेता बस्नेतको चुनौतीः जेनजी आन्दोलनका घटनाबारे कारबाही गर्न गृहमन्त्रीलाई अनुरोध

    काठमाडौं, असोज २३ – एमाले पोलिट ब्यूरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका घटनाहरूको विवरण एमालेले...

    चितवनमा अनेरास्ववियुद्वारा बालेन र सुधनविरुद्ध जाहेरी दर्ता प्रयास, प्रहरीले दर्ता नगरी ज्ञापनपत्र लिने तयारी

    चितवन, असोज २३ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले जिल्ला प्रहरी कार्यालय...

    माइतीघरमा प्रदर्शनअघि डा. निकोलस भुसालसहित तीन जना पक्राउ

    काठमाडौं – माइतीघर मण्डलामा डा. निकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्न लागेको तयारीका बीच...

    भारतमा विषाक्त खोकी सिरपबाट २० बालबालिकाको मृत्यु, कम्पनीका मालिक पक्राउ

    भारत, असोज २३ – भारतको मध्य प्रदेशमा ‘कोल्ड्रिफ’ नामक खोकी सिरप सेवनका कारण कम्तीमा २०...