News Portal

धरान एक्स्पोको आवश्यक तयारी पुरा, प्रदेश १ का मुख्यमन्त्री कार्कीद्वारा उद्घाटन (भिडियोसहित)

हिमालीसंचार संवाददाता
२०४ पटक

धरान – धरान उपमहानगरपालिका धरान-१६ स्थित क्षेत्रिय रंगशालामा आज बिहिबारदेखि शुरु हुन लागेको धरान एक्स्पो आगामी फागुन २० गतेसम्म संचालन हुन लागेको एक्स्पोको अन्तिम तयारी पुरा भएको छ। 

सुनसरी उद्योग वाणिज्य संघले बुधबार दिउँसो धरान-१६ स्थित रंगशालामा पत्रकार सम्मेलन गर्दै धरान एक्स्पोको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो । स्टलहरु सबै तयार भइसकेको र अब उद्योगी, व्यापारीहरुले आफ्नो उत्पादनहरु ल्याएर राख्न मात्र बाँकी रहेको मुल आयोजक समितिका संयोजक तथा संघका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । एक्स्पोमा कुल १२३ स्टल रहेको छ। ११५ वटा बुकिङ भइसकेको पनि उनले बताए । 

तीन बर्षपछि हुन लागेको धरान एक्स्पोमा प्रदेश १ का सबै जिल्ला, नजिकका जिल्ला तथा शहरहरुबाट र छिमेकी मुलुक भारत लगायतबाट अवलोकनका लागि मानिसहरु धरान एक्स्पोमा आउने अपेक्ष गरेका छन्। धरान एक्स्पोका तयारीका क्रममा धरान बाहेकका जिल्ला, नगरपालिका, गाउपालिकाका उधोगी, व्यवसायी, कृषक तथा आम नागरिकहरुलाई आवश्यक प्रचार प्रसार भइरहेको जानकारी समेत दिए 

धरान एक्स्पोमा ठुला उद्योगदेखि घरेलु तथा साना उद्योगका उत्पादनहरु बिक्री र प्रर्दशनीको लागी राखिने आयोजकले जनाएको छ। कृषि उत्पादनलाई पनि ठाउँ दिइएको अध्यक्ष श्रेष्ठले बताए । एक्स्पोमा दैनिक ३० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ भने १० करोड हाराहारीमा कारोबार हुने अपेक्षा गरेको छ। एक्स्पोमा भारत, पाकिस्तान र वंगलादेशका लागि पनि १५ वटा स्टल हुनेछ । 

एक्स्पो अवधिमा बेरोजगारलाई स्वरोजगार बनाउन, पर्यटन सम्बन्धी र खानेपानी समस्या समाधान गर्नेबारे गोष्ठी समेत हुने जानकारी दिएको आयोजरकले सिटीसफारी, टेम्पोसंग समेत सहुलियतमा आगन्तुकलाई एक्स्पोका लागि समन्वय गरेको आयोजकले नगरका विभिन्न स्थानहरुबाट नि-शुल्क बस सेवा समेत संचालन हुने जानकारी दिए। 

अध्यक्ष श्रेष्ठका अनुसार एक्स्पोको उद्घाटन बिहिबार १ बजे प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीबाट हुने समेत जानकारी दिए । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघाई, पुर्वअध्यक्ष चण्डीराज ढकालको पनि उपस्थिति रहने छ । फागुन २० गते एक्स्पो समापन कार्यक्रममा सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीद्वारा समापन कार्यक्रम हुने छ। 

एक्स्पोको सुरक्षाको लागी सिसिटिभी जडान गरिएको संयोजक गोपाल श्रेष्ठले बताए । यस्तै, दैनिक २० सशस्त्र प्रहरी, १० जना नेपाल प्रहरी र २० जना निजी सेक्युरिटी गार्ड परिचालन हुने छन् । हरेक साँझ स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति समेत रहने छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...