News Portal

  • प्रदेश १ स्तरीय अल्फा विटा अन्तर कलेज बास्केटवल; धरान मेघा महिला पुरुष दुबै टिम फाइनलमा, सियोन र राष्ट्रिय जनसेवक इटहरी संग भिड्ने

    विकास चाम्लिङ राई
    २७७ पटक

    विकास चाम्लिङ राई/धरान – धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा भइरहेको प्रदेश १ स्तरिय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगितामा धरान मेघा हिमालयन, सियोन स्कुल र राष्ट्रिय जनसेवक इटहरी फाइनलमा प्रबेश गरेका छन ।

    प्रतियोगितामा धरान मेघा हिमालयनका महिला पुरुष दुबै टिम फाइनलमा प्रबेश गरेका हुन । पुरुष तर्फ मङ्गलबार भएको सेमिखेलमा राष्ट्रिय जनसेवक इटहरिले सिटि कलेज धरानलाइ ४२-३० र धरान मेघा हिमालयनले आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडलाइ ४५-२४ अंकको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रबेश गरेका हुन ।  

    मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा राष्ट्रिय जनसेवक र सिटि कलेजले प्रत्येक क्वाटरमा  ५-६, ८-७, १४-८ र १५ ९ अंक जोडेका थिए । यसैगरी दोस्रो खेलमा धरान मेघा र आदर्श स्कुल बिर्तामोडले १३-४, ९-७, १८-४ र ५-९ अंक जोडेका थिए। खेलमा राष्ट्रिय जनसेवकका सन्दिप श्रेष्ठले १८ र धरान मेघाका सबिन राइले १३ ब्यक्तिगत अंक जोडेका छन । 

    सुनसरी बास्केटबल संघको प्राबिधिक सहयोग तथा अल्फा विटा कोयोला एजुकेशन कन्सलटेन्सिको मुख्य प्रायोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा आयोजित  प्रतियोगिताका पुरुष तर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

    छात्रातर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरि व्यक्तिगत विद्यामा प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि उपाधि महिला पुरुष विजेताले जनहि नगद दुई हजार ५ सय र हाइस्कोररले जनहि दुई हजार रुपैया, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । उदयीमान खेलाडिले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

    धरान १६ धरान रंगशाला स्थित इन्डोर बास्केटबल कोर्टमा सम्पन्न भइरहेको प्रतियोगिताको फाइनल खेल अघि प्रकाश पौडेल महिला पुरुष थ्री–पोइन्ट कम्पिटिसन हुनेछ ।  कम्पिटिसनका विजेताले जनहि नगद ३ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । थ्री पोइन्ट कम्पिटिसनका लागि धरान १५ निवासी नेपालका चर्चित गायक तथा पुर्व बास्केटवल खेलाडि प्रकाश पौडेलले प्रायोजन गरेका हुन ।

    प्रतियोगिताको फाइनल खेल धरान उपमहानगरपालिका प्रमुख मेयर हर्कराज साम्पाङको प्रमुख आतिथ्यमा बिहान ८:३० बजे महिला तर्फको फाइनल खेल र १० बजे पुरुष तर्फको फाइनल खेल हुनेछ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २९ गतेको राशिफल

    आज मंसिर २९, २०८२ (डिसेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नेपाली कांग्रेस गङ्गाजमुना गाउँपालिकाका उपसभापति मीनबहादुर बानियाँमाथि आक्रमण

    धादिङ — गङ्गाजमुना गाउँपालिका वडा नं. ५ अन्तर्गत अर्थले–मदौरे–पञ्चकन्या नेपाली टोलमा गोरेटो बाटो निर्माणको क्रममा...

    गंगाजमुना–३ मा धादिङ यातायात र ग्रामीण यातायातका गाडी सञ्चालनमा रोक

    धादिङ — धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिका वडा नं. ३ अन्तर्गत काठमाण्डौ–सातदोबाटे–गुम्दी–चिमचोक रुटमा सञ्चालन हुँदै आएको...

    पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिला कुवेत पठाउने संगठित गिरोह सक्रिय

    काठमाडौँ – पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिलालाई कुवेत पठाउने संगठित गिरोह सक्रिय रहेको तथ्य...

    पोखरामा २७औँ सडक महोत्सव : फेवाताल किनार रंगीन कार्यक्रमले सिँगारिने

    कास्की, मंसिर २८ – पोखराको लेकसाइड क्षेत्रमा पुस १३ देखि १७ गतेसम्म २७औँ पोखरा सडक...