News Portal

  • अछाममा ७ वर्षसम्म पनि बनेन स्वास्थ्य चौकी भवन

    हिमालीसंचार संवाददाता
    १०३ पटक

    अछाम। अछामको तुर्माखाँद स्वास्थ्य चौकीको भवन निर्माण सुरु भएको ७ वर्ष पूरा हुँदा पनि बन्न नसक्दा सेवा प्रभावित बनेको छ।

    सहरी विकास मन्त्रालयअन्तर्गत बन्न लागेको तुर्माखाँद स्वास्थ्य चौकी भवन २०७२ भदौमा काम सुरु गरी २०७३ भदौमा काम सम्पन्न गर्ने सम्झौता भएको थियो।

    थाक्थुहाङ आइ एस नेत्रेश्वरी जेभीले ७ वर्ष अगाडि २ करोड २१ लाख १८ हजार लागतमा एक वर्षमै निर्माण सम्पन्न गर्ने बताएको थियो। स्वास्थ्य चौकी भवन नहुँदा संस्थाबाट दिने सबै सेवा प्रभावित बनेको तुर्माखाँद गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख एकेन्द्र बयकले बताए।

    ‘यहाँको स्वास्थ्य चौकीमा एक दिनमा कम्तीमा १ सय ५० भन्दा धेरै बिरामी आउँछन्। ५ भन्दा बढी सेवा एउटा साँघुरो कोठाबाट दिनुपर्दा धेरै कठिन भएको छ,’ स्वास्थ्य शाखा प्रमुख बयकले भने, ‘एउटै कोठामा बर्थिङ सेन्टर पनि छ। यस्तो जीर्ण भवनको एकै कोठामा बर्थिङ सेन्टर चलाउन झन् कठिन भएको छ।’

    स्वास्थ्य संस्था सञ्चालन र बर्थिङ सेन्टर सञ्चालनको मापदण्ड विपरीत अहिले स्वास्थ्य चौकीबाट सेवा दिइरहेको बयकले बताए।

    ‘तुर्माखाँदको केन्द्रमा त्यति ठुलो भवन निर्माण हुन थालेको धेरै समय भइसक्यो। अहिलेसम्म अलपत्र अवस्थामा छ। यतातिर मापदण्ड विपरीत स्वास्थ्य सेवा दिनुपर्ने बाध्यता छ,’ उनले भने।

    उनका अनुसार पहिले स्वास्थ्य चौकीको काम सुरु भएको र बीचमा काम गर्न छोड्दा भवन निर्माण क्षेत्रमा घाँसपात उम्रिएको छ।

    कमलबजार नगरपालिका-९ मष्टाबण्डालीमा १० वर्षअगाडि निर्माण सुरु भएको स्वास्थ्य चौकी भवन पनि अहिलेसम्म अलपत्र अवस्थामा छ। २०६९ असारमा काम सुरु गरी २०७० असोजमा काम सम्पन्न गर्ने सम्झौता गरेको आईएस कन्स्ट्रक्सन डोटीले सम्झौताको १० वर्ष पुग्दासम्म पहिलो तल्ला चिनाइको काम मात्र सम्पन्न गरेको छ।

    १ करोड ५ लाख ३८ हजार लागतमा बन्ने उक्त भवन ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको स्थानीयको भनाइ छ।

    मष्टाण्बण्डाली स्वास्थ्य चौकी निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीको प्रतिनिधि केही समय पहिला सम्पर्कमा आए पनि भवन निर्माणको काम नसकिएको कमलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खडक विष्टले बताए।

    ‘पहिलेको भन्दा अहिले केही काम भएको देखिन्छ। तर सम्पन्न भइसकेको छैन,’ उनले भने। तुर्माखाँद र मष्टाबण्डालीमा बन्न थालेको स्वास्थ्य चौकीका ठेकेदारहरू लामो समयदेखि सम्पर्कमा नआएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुङ्गानाले बताए।

    पटक पटक भवन निर्माणमा ढिलाइ भएको ताकेता गर्दा पनि ठेकेदारहरू नै सम्पर्कभन्दा बाहिर जाँदा भवन निर्माण नै अलपत्र बनेको उनले बताए।

    ‘तुर्माखाँद र मष्टाबण्डाली स्वास्थ्य चौकी भवन बनाउने ठेकेदारको अत्तोपत्तो छैन। यी भवनहरू सहरी विकासबाट बन्न थालेका हुन्। स्वास्थ्य कार्यालयले हेर्नुपर्ने कुनै आधिकारिक खबर आएको छैन। तर जिल्लामा बन्न थालेका स्वास्थ्य संरचनामा हाम्रो पनि चासो हुन्छ। धेरै पटक सम्पर्क गर्दा पनि ठेकेदार सम्पर्कमा आएका छैनन्,’ स्वास्थ्य प्रमुख ढुङ्गानाले भने।

    उनका अनुसार यो विषयमा प्रमुख जिल्ला अधिकारीसँग पनि कुरा भएको छ। धेरै पुराना भवनबाट सेवा दिन पनि गाह्रो छ। अहिले ठेकेदार खोज्ने काम भइरहेको छ। रासस

    प्रतिकृया दिनुहोस्

    मोरङ रतुवामाइ कोरोना कहरको राहत सामग्रीको विषय उच्च अदालत पुऱ्यो

    बैशाख-१९, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको डम्पिङ साईडमा कोरोना महामारीको समयमा गरिव...

    साग पसल खोल्दै छुः मिलन लिम्बु

    बैशाख-१८, बुधबार/इलाम – इलाम-२ उपनिर्वाचनका रास्वपाका युवा उमेम्द्वार मिलन लिम्बुले निर्वाचनका समयमा आफुले बोलेका साग...

    डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

    बैशाख -१८, मंगलबार/काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।  यता हवाई...

    आज बैशाख-१९ गते बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १९ गते बुधबार इश्वी सन २०२४ मे १...

    कागबेनीमा विद्यार्थी सवार बस दुर्घटनामा २१ जना घाइते

    म्याग्दी। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा पर्ने मुक्तिनाथ सडकखण्डको सेल्फिडाँडामुनि घुम्तीमा बस सडकमा पल्टिँदा २१...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal