News Portal

धरान एक्स्पोको तिब्र तयारी, शाहसिक खेलदेखि मनमोहक हिमालका दृश्यहरु हेर्न सकिने (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३४६ पटक

धरान – “पर्यटन, कृषि,सूचना प्रविधि, कला संस्कृति, शिक्षा तथा औधोगीक व्यापार प्रदर्शनी” भन्ने नाराका साथमा धरान उपमहानगरपालिका धरान-१६ स्थित धरान एक्स्पो २०७९ तिब्र तयारी गरिरहेका छन्।

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा आगामी फागुन ११ गतेदेखि २० गतेसम्म धरान-१६ स्थित क्षेत्रीय रंगशाला नजिकै रहेको हेली प्याड मैदान धरानमा हुन लागेको एक्स्पोको तिब्र तयारी भइरहेको छ। औद्योगिक, व्यापारिक, कृषि, पर्यटन, खेलकुद र साहित्यीक क्षेत्रलाई केन्द्रमा राखेर आयोजना हुन लागेको प्रदर्शनीमा मह, माछा, सुकुटी, अचार, चिया, फूल, धराने कालो बंगुर जस्ता सुनसरी जिल्लाका अर्गानिक उत्पादनहरुलाई विशेष प्राथामिकतामा राखेर एक्स्पोका स्टल वितरण भइरहेको संयोजक विष्णु बरालले जानकारी दिए।

स्थानीय उत्पादनबाहेक प्याराग्लाइडिङ, तमोर–चतरा ऱ्याफ्टिङ  लगायतका साहसिक खेल र पर्यटन क्षेत्रलाई पनि उच्च प्राथमिकता राख्ने आयोजकले जनाएका छन्। एक्स्पो अवधिभर धरान क्षेत्रमा रहेका होटलसँग सहकार्य गर्दै एक्स्पो घुम्न आउने अवलोकनकर्ता, व्यवसायी र उद्यमीलाई विशेष प्याकेज उपलब्ध गराइने समेत स्टल संयोजक बरालले जानकारी दिए।

एक्स्पोमा सहभागि हुने महिला, विद्यार्थी र अपांग व्यक्तिहरुको लागि स्टल मुल्यमा ५० प्रतिशत छुट दिने योजना रहेको छ । घरेलु, स्टार्ट अप र फरक क्षमताका व्यवसायी, उद्यमीको उत्पादन, उद्यम र मेहनतलाई प्रवद्धन र व्यवसायीकरणमा सहयोग पुर्याउने लक्ष्यका साथ छुटको अफर ल्याइएको आयोजकले जानकारी दिए। 

एक्स्पोमा १ सय १३ स्टलहरु रहने छ। त्यस्तै, स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने समेत आयोजकले जानकारी दिए। एक्स्पो प्रदर्शनीमा १० करोडभन्दा बढीको कारोबार हुने आयोजकले अनुमान गरेका छन् ।

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...