रबिन्द्र बराल/मोरङ – “अभियानमा कोही नछुटौं, कोही नदोहोरौ औं , हात्तीपाईले रोग मुक्त बनाऔं । औषधी सेवन अभियान भव्य रुपमा सफल पारौं” भन्ने मुल नाराका साथ राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम रंगेली नगरपालिकाले सुरु गर्ने भएको छ ।
रंगेली नगरपालिकामा हालसम्म ३५ जनालाई हात्ती पाईले रोग लागेको हुनाले अब नगरवासिलाई हात्ती पाईले रोग नलागोस् भन्ने उदेश्यले नगरलाई हात्तीपाईले रोग मुक्त बनाउन अभियान सुरु गरेको हो ।
नगरको सभाहलमा भएको एक दिने गोष्ठीमा हात्तीपाईले रोग निवारण कार्यक्रम आम औषधी सेवन अभियान–२०७९ सफल पार्न हात्ती पाईले रोग विरुद्धको औषधी सेवन गर्न नगरवासिलाई विशेष अभियान सञ्चालन गर्ने निर्णय भएको हो । रंगेली नगरका मेयर दिलिप बगडियाले योजना सहित वडा स्तरमा गएर वडाअध्यक्ष, सदस्य, सम्बन्धित स्वास्थ्य शाखा, राजनीतिक दल, नागरिक समाजका अगुवा लगायत सबैको साथ आवश्यक भएको नगर प्रमुखले अभियान सफल हुने कुरा समेत बताए ।
गोष्टीमा नगर प्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली , वडाअध्यक्ष रामचन्द्र मंण्डल, भरत प्रसाईं, वडासदस्य देवमणी कटुवाल, स्वास्थ्य शाखा प्रमुख ब्रजेश मेहता, भुपेन्द्र मण्डल स्थानीय बुद्धिजीवी लगायतको सहभागीता रहेको थियो । आगामी फागुन ११ गतेदेखि सञ्चालन हुने अभियानमा यसपटक नगरका विभिन्न ९ वटा वडामा रहेका स्वास्थ्य शाखा मार्फत स्वयंसेवक गाउँमा खटाएर कार्यक्रम प्रभावकारी बनाउन लागिएको स्वास्थ्य शाखले जनाएको छ।