News Portal

मोरङको रंगोली नगरपालिकाले विपद् व्यवस्थापन तथा पूर्वतयारी सम्बन्धी छलफल गऱ्यो

हिमालीसंचार संवाददाता
२१८ पटक

रबिन्द्र बराल/मोरङ – मोरऩको  रंगेली नगरपालिकामा एक दिने विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना सम्बन्धी छलफल गरिएको छ। 

नगरको सभाहलमा भएको सो कार्यक्रमा रंगेलीमा हुने विभिन्न प्रकारका प्रकोपको बारेमा जानकारी समेत गराएका थिए । सहभागीहरु संग  बाढी, कटान तथा डुवान, हावाहुरी, आगलागी,  सडक दुर्घटना,  सर्पदंश,  पशु तथा बालीमा रोग,  असिना, तथा  छाडा पशु चौपायाका बारेमा समेत छलफल समेत गरिएको थिए। विपद् व्यवस्थापनका मुख्य चरणहरु मध्ये विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, विपद्को समय, विपद् प्रतिकार्य (खोज उद्धार र राहत व्यवस्थापन) लगायतका बारेमा जानकारी समेत गराएका हुन। 

आयोजित कार्यक्रममा नगर प्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली, वडाध्यक्षहरु, वडा सदस्यहरु र सम्पूर्ण शाखाका कर्मचारीहरुको सहभागीता रहेको थियो । लुथरन समुदाय कल्याण समाज, लुथरन विष्व फेडरेशन र नेपाल इमानजलीको आयोजना तथा रंगेली नगरपालिकाको सहयोगमा उक्त कार्यक्रम गरिएको थियो। कार्यक्रमको सहजकर्ता रामकुमार दाहाल  लुथरन समुदायिक कल्याण समाज, एलसीडब्लुएस जोयल सोरेनले सहभागीहरुलाई विपद् व्यवस्थापनका बारेमा जानकारी समेत गराएका थिए ।    

नेपालमा भूकम्प, बाढी, पहिरो, असिना, चट्याङ, हावाहुरी जस्ता प्रकोपहरु कहिलेसम्म रहन्छन् ?  भूकम्प बाढी पहिरोको प्रक्रिया आज भोलि मात्रै चलेको वा चल्ने प्रक्रिया होइन । यो विगत लाखौँ वर्षदेखि चल्दै आएको र आउँदो लाखौं करोडौं वर्षसम्म पनि निरन्तर नै चलिरहने नितान्त प्राकृतिक प्रक्रिया हो ।  

वन्यजन्तु आतंक, सवारी दुर्घटना, सुख्खा खडेरी लगायतका मानव सिर्जित प्रकोपहरु बढ्दो क्रममा रहेको समेत सहभागीहरुलाई जानकारी गराएका थिए। जोखिम भए पुनःस्थापन, पुनर्निर्माण र अल्पीकरण गर्नु पर्ने विपद व्यवस्थापन सम्वन्धी काम, कर्तव्य र अधिकार, विपद व्यवस्थापन सम्वन्धी स्थानीय नीति, कानून, मापदण्ड योजनाको कार्यान्वयन, नियमन, स्थानीयस्तरमा विपद पूर्व तयारी तथा प्रतिकार्य योजना, पूर्व सूचना प्रणाली, खोज तथा उद्धार, राहत सामाग्रीको पूर्व भण्डारण, स्थानीय तटवन्ध, नदी र पहिरोको नियन्त्रण तथा नदीको व्यवस्थापन तथा नियमन, विपद जोखिम क्षेत्रको नक्शांकन तथा वस्तीहरुको पहिचान गर्ने जनप्रतिनिधिलाई सुझाव समेत दिएका थिए ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...