News Portal

बुढासुब्बा टुबोर्ट गोल्डकपको २३औं सस्करण फागुन १३ गतेदेखि आयोजना हुने (भिडियो सहित )

हिमालीसंचार संवाददाता
३३६ पटक

धरान – धरान उपमहानगरपालिका धरानमा रहेको धरान फुटबल क्लब धरानले २३औं बुढासुब्बा टुबोर्ग गोल्डकप आगामी फागुन १३ गतेदेखि २० गतेसम्म आयोजना गर्ने भएको छ।

धरान फुटबल क्लबले आईतबार धरान-१२ स्थित होटल पुर्वी स्टारमा पत्रकार सम्मेलन गर्दै आगामी फागुन १३ गतेदेखि धरान-१६ स्थित क्षेत्रीय रंगशालामा २३औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएका हुन्। 

उक्त प्रतियोगितामा क्यामरुन, बंगालादेश, भारत सहित नेपालका विभिन्न क्लब सहित आठ टिमको सहभागिता रहने क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए। यो संस्करणमा आयोजक धरान फुटबल क्लब, केविपिएस बंगालादेश, एभेनियर एफसी क्यामरुन, नेपाल पुलिस क्लव, बागमति युवा क्लब, केएफटिसी झापा, एन्फा मोरङ लगायदको सहभागिता रहने आयोजकले जानकारी दिएका छन्। 

बुढासुब्बा फुटबल खेलका विजेताले नगद १० लाख सहित ट्रफी, उपविजेताले नगद ५ लाख प्राप्त गर्ने छन्। उत्कृष्ट खेलाडीले नगद १ लाख प्राप्त गर्ने छ। त्यस्तै, म्यान अफ दि म्यच धोषित खेलाडीले १० हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर, प्रशिक्षकले समेत जनही २५ हजार पुरस्कार प्राप्त गर्ने छन्। 

  

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...