News Portal

धरानको भानुचोकदेखि लक्ष्मिचोकसम्म एकतर्फी प्रणाली शुरु (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३६० पटक

सन्जिब कुमार राई/धरान – धरान उपमहानगरपालिका धरानको कार्यपालिकाको निर्णय अनुसार आज सोमवारदेखि धरानको मुख्य बजार क्षेत्र भानुचोकदेखि लक्ष्मिचोक, पृथ्वीचोक, पुरानो बजार, माछाभौडी हुदै देशीलाईनमा एकतर्फी प्रणाली शुरु गरिएको छ।

धरानको ट्राफिक व्यवस्था मिलाउनका लागि धरानमा पहिलो चरण अन्तरगतको यो रुढमा एकतर्फी प्रणाली लागू गरिएको हो। आजदेखि शुरु गरिएको एकतर्फी प्रणाली कार्यन्वयनका लागि थप एक सातासम्म ठुला साना सबै प्रकारका सवारी साधनहरुका लागि सचेतना गर्ने त्यसपछि नियम उलंघन गर्ने चालकका लाहि न्यूनतम ५ सय रुपैया देखि १ हजार ५ सयसम्म जरीवाना गर्ने जिल्ला ट्राफिक प्रहरीले जनाएको छ। 

नगरका विभिन्न चोकहरुमा सार्वजनिक सूचना सगै आज विहानै देखि ट्राफिक प्रहरी, नगर प्रहरी, जनप्रतिनिधिहरु सहित नगर प्रमुख हर्क साम्पाङ समेत एकतर्फी रुढहरुको अनुगमन तथा व्यवस्थापनमा जुटेका थिए। नगर प्रमुखका अनुसार पहिलो चरणको यो कार्यक्रममा अधिकतम सफलता मिलेको चौतर्फी सबैको सहयोग भएको बताए। 

प्रदेश ट्राफिक कार्यालय प्रमुख श्यामकुमार महतोका अनुसार एकतर्फी प्रणाली सवारी सञ्चालनका लागि ट्राफिक प्रहरी परिचालन गरिने बताए। उनका अनुसार सचेतना स्वरुप एक हप्तासम्म सबै चालकहरुलाई रुढको सम्बन्धमा जानकारी दिने बताए। धरानको मुख्य बजार क्षेत्र भोनुचोकमा चालकहरु अलमलमा देखिएका थिए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...