News Portal

धरानको भानुचोकदेखि लक्ष्मिचोकसम्म एकतर्फी प्रणाली शुरु (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३१९ पटक

सन्जिब कुमार राई/धरान – धरान उपमहानगरपालिका धरानको कार्यपालिकाको निर्णय अनुसार आज सोमवारदेखि धरानको मुख्य बजार क्षेत्र भानुचोकदेखि लक्ष्मिचोक, पृथ्वीचोक, पुरानो बजार, माछाभौडी हुदै देशीलाईनमा एकतर्फी प्रणाली शुरु गरिएको छ।

धरानको ट्राफिक व्यवस्था मिलाउनका लागि धरानमा पहिलो चरण अन्तरगतको यो रुढमा एकतर्फी प्रणाली लागू गरिएको हो। आजदेखि शुरु गरिएको एकतर्फी प्रणाली कार्यन्वयनका लागि थप एक सातासम्म ठुला साना सबै प्रकारका सवारी साधनहरुका लागि सचेतना गर्ने त्यसपछि नियम उलंघन गर्ने चालकका लाहि न्यूनतम ५ सय रुपैया देखि १ हजार ५ सयसम्म जरीवाना गर्ने जिल्ला ट्राफिक प्रहरीले जनाएको छ। 

नगरका विभिन्न चोकहरुमा सार्वजनिक सूचना सगै आज विहानै देखि ट्राफिक प्रहरी, नगर प्रहरी, जनप्रतिनिधिहरु सहित नगर प्रमुख हर्क साम्पाङ समेत एकतर्फी रुढहरुको अनुगमन तथा व्यवस्थापनमा जुटेका थिए। नगर प्रमुखका अनुसार पहिलो चरणको यो कार्यक्रममा अधिकतम सफलता मिलेको चौतर्फी सबैको सहयोग भएको बताए। 

प्रदेश ट्राफिक कार्यालय प्रमुख श्यामकुमार महतोका अनुसार एकतर्फी प्रणाली सवारी सञ्चालनका लागि ट्राफिक प्रहरी परिचालन गरिने बताए। उनका अनुसार सचेतना स्वरुप एक हप्तासम्म सबै चालकहरुलाई रुढको सम्बन्धमा जानकारी दिने बताए। धरानको मुख्य बजार क्षेत्र भोनुचोकमा चालकहरु अलमलमा देखिएका थिए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...