News Portal

किरात राई यायोक्खा मकाउको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा मंगल राई सर्वसम्मत चयन (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४९८ पटक

धरान – किरात राई यायोक्खा मकाउको तेश्रो अधिवेशन हिजो बुधवार मकाउ स्थित एक कार्यक्रमको आयोजना सहित सम्पन्न गरिएको छ। किरात राई यायोक्खा मकाउको अध्यक्षमा मंगल राईलाई सर्वसम्मत चयन गरिएको छ।

किरात राई यायोक्खा मकाउले मकाउ स्थित टाउन वेल्थ रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो अधिवेशन सम्मपन्न गरेको किरात राई यायोक्खा मकाउका निवर्तमान सचिव प्रजोत हाङखिम राईले हिमालीसंचारडटकमलाई जानकारी दिए।

आमन्त्रित प्रमुख अतिथिमा किरात राई यायोक्खा हङकङका अध्यक्ष चन्द्रका (माया) राई, विशेष अतिथिमा प्रज्ञा प्रतिष्ठान हङकङका सह-सचिव ब्रजकुमार थुलुङ राई, किरात राई यायोक्खा हङकङका सह-सचिव शिवकुमार बान्तावा, भोजपुर समाज हङकङ तथा बान्तावा खिम हङकङका सल्लाहकार माया बान्तावा, किरात राई हङकङका सदस्य पार्वती राई, चाम्लिङ खाम्बातिम हङकङकी सदस्य रुवीना राई र आदिबासी जनजाति महासंघ मकाउका अध्यक्ष भीमकुमार राई (किराती) रहेका थिए। 

त्यस्तै, मकाउमा गठीत विभिन्न जातिय संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको निवर्तमान सचिव राईले बताए। किरात राई यायोक्खा मकाउको विशेष अनुरोध सहित गरिएको आग्रहमा सहकार्य गरेर विभिन्न दृष्टिकोणबाट सहकार्य गर्नु हुने संघ संस्थाहरुलाई आभार सहित प्रमाणपत्र समेत प्रदान गरिएको थियो। 

किरात राई यायोक्खा मकाउका नयाँ कार्य समितिका अध्यक्ष मंगल राई, वरिष्ठ उपाध्यक्ष केशव राई, उपाध्यक्ष प्रजोत हाङखिम राई, महासचिव भुपाल राई, सचिव रक्षादल राई, कोषाध्यक्ष आयुष राई, सदस्यहरुमा सुशीला राई, विकाश राई, लक्ष्मी प्रसाद राई, पार्वती राई, प्रेम राई, विशोर राई र अजय राई सर्वसम्मत चयन गरिएको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...