News Portal

  • किरात राई यायोक्खा मकाउको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा मंगल राई सर्वसम्मत चयन (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ४१८ पटक

    धरान – किरात राई यायोक्खा मकाउको तेश्रो अधिवेशन हिजो बुधवार मकाउ स्थित एक कार्यक्रमको आयोजना सहित सम्पन्न गरिएको छ। किरात राई यायोक्खा मकाउको अध्यक्षमा मंगल राईलाई सर्वसम्मत चयन गरिएको छ।

    किरात राई यायोक्खा मकाउले मकाउ स्थित टाउन वेल्थ रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो अधिवेशन सम्मपन्न गरेको किरात राई यायोक्खा मकाउका निवर्तमान सचिव प्रजोत हाङखिम राईले हिमालीसंचारडटकमलाई जानकारी दिए।

    आमन्त्रित प्रमुख अतिथिमा किरात राई यायोक्खा हङकङका अध्यक्ष चन्द्रका (माया) राई, विशेष अतिथिमा प्रज्ञा प्रतिष्ठान हङकङका सह-सचिव ब्रजकुमार थुलुङ राई, किरात राई यायोक्खा हङकङका सह-सचिव शिवकुमार बान्तावा, भोजपुर समाज हङकङ तथा बान्तावा खिम हङकङका सल्लाहकार माया बान्तावा, किरात राई हङकङका सदस्य पार्वती राई, चाम्लिङ खाम्बातिम हङकङकी सदस्य रुवीना राई र आदिबासी जनजाति महासंघ मकाउका अध्यक्ष भीमकुमार राई (किराती) रहेका थिए। 

    त्यस्तै, मकाउमा गठीत विभिन्न जातिय संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको निवर्तमान सचिव राईले बताए। किरात राई यायोक्खा मकाउको विशेष अनुरोध सहित गरिएको आग्रहमा सहकार्य गरेर विभिन्न दृष्टिकोणबाट सहकार्य गर्नु हुने संघ संस्थाहरुलाई आभार सहित प्रमाणपत्र समेत प्रदान गरिएको थियो। 

    किरात राई यायोक्खा मकाउका नयाँ कार्य समितिका अध्यक्ष मंगल राई, वरिष्ठ उपाध्यक्ष केशव राई, उपाध्यक्ष प्रजोत हाङखिम राई, महासचिव भुपाल राई, सचिव रक्षादल राई, कोषाध्यक्ष आयुष राई, सदस्यहरुमा सुशीला राई, विकाश राई, लक्ष्मी प्रसाद राई, पार्वती राई, प्रेम राई, विशोर राई र अजय राई सर्वसम्मत चयन गरिएको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...