News Portal

धरानमा सेकेन्डरी पूर्व विद्यार्थीद्धारा रक्तदान कार्यक्रम सम्पन्न

विकास चाम्लिङ राई
४२७ पटक

विकास चाम्लिङ राई/धरान – धरान उपमहानगरपालिका धरान सेकेन्डरी स्कुलका पुर्व विद्यार्थी समुहले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

धरान-१८ वीपी डेन्टल गेट अगाडि रहेको वीपी पार्कमा आयोजित ब्लड डोनेसन कार्यक्रममा २३ पिन्ट रगत संकलन भएको थियो । धरान-१ स्थित हाल धरान आर्दश कलेज रहेको स्थानमा सेकेन्डरी स्कुल रहेको थियो । सोहि विद्यालयका ४७, ५१, ५२, ५५ र ५६ व्याचका विद्यार्थीहरु मिलेर २०४७ व्याचका हेमराज सुनुवारको संयोजकत्वमा सेकेन्डरी स्कुल पुर्व विद्यार्थी समुहको स्थापना भएको हो । 

पुर्व विद्यार्थीहरु विच भाइचारा वढाउदै विभिन्न सामाजिक कार्य गर्नको लागि सेकेन्डरी स्कुलका पुर्व विद्यार्थी संगठन २०७८ सालमा स्थापना भएको ५५ व्याच संगठनका उपाध्यक्ष पार्वती लिम्वुले जानकारी गराइन्। २०२५ सालमा स्थापना भएको सेकेन्डरी स्कुल हाल बन्द भइसकेको छ । 

ब्लड डोनेसन कार्यक्रममा धरान – १८ वडाका वडा सदस्य देवान राई, २०५१ व्याचका विद्यर्थी एवं इन्जिनियर क्याम्पस धरानका प्राध्यापक चन्द्रशेखर लिम्बु, अल्फा विटा कोयला एजुकेशन कन्सलटेन्सिका म्यानेजिङ्ग डाइरेक्टर तथा ५२ व्याचका संजिव राई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...