News Portal

  • धरानमा सेकेन्डरी पूर्व विद्यार्थीद्धारा रक्तदान कार्यक्रम सम्पन्न

    विकास चाम्लिङ राई
    ३७६ पटक

    विकास चाम्लिङ राई/धरान – धरान उपमहानगरपालिका धरान सेकेन्डरी स्कुलका पुर्व विद्यार्थी समुहले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

    धरान-१८ वीपी डेन्टल गेट अगाडि रहेको वीपी पार्कमा आयोजित ब्लड डोनेसन कार्यक्रममा २३ पिन्ट रगत संकलन भएको थियो । धरान-१ स्थित हाल धरान आर्दश कलेज रहेको स्थानमा सेकेन्डरी स्कुल रहेको थियो । सोहि विद्यालयका ४७, ५१, ५२, ५५ र ५६ व्याचका विद्यार्थीहरु मिलेर २०४७ व्याचका हेमराज सुनुवारको संयोजकत्वमा सेकेन्डरी स्कुल पुर्व विद्यार्थी समुहको स्थापना भएको हो । 

    पुर्व विद्यार्थीहरु विच भाइचारा वढाउदै विभिन्न सामाजिक कार्य गर्नको लागि सेकेन्डरी स्कुलका पुर्व विद्यार्थी संगठन २०७८ सालमा स्थापना भएको ५५ व्याच संगठनका उपाध्यक्ष पार्वती लिम्वुले जानकारी गराइन्। २०२५ सालमा स्थापना भएको सेकेन्डरी स्कुल हाल बन्द भइसकेको छ । 

    ब्लड डोनेसन कार्यक्रममा धरान – १८ वडाका वडा सदस्य देवान राई, २०५१ व्याचका विद्यर्थी एवं इन्जिनियर क्याम्पस धरानका प्राध्यापक चन्द्रशेखर लिम्बु, अल्फा विटा कोयला एजुकेशन कन्सलटेन्सिका म्यानेजिङ्ग डाइरेक्टर तथा ५२ व्याचका संजिव राई लगायतको उपस्थिति रहेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...