News Portal

अल्फा विटा अन्तर कलेज बास्केटवल; दोस्रो दिन चार टिम विजयी (फोटो फिचर)

विकास चाम्लिङ राई
७२३ पटक

विकास चाम्लिङ राई/धरान – धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित प्रदेश १ स्तरिय अल्फाबिटा अन्तर कलेज महिला तथा पुरुष बास्केटबलको दोस्रो दिन धरान मेघा हिमालयन, धरान सिटी, धरान इन्जिनियर र राष्ट्रिय जनसेवक इटहरी बिजयी भएका छन्।

दोस्रो दिन शनिबार भएको पहिलो खेलमा महिलातर्फ मेघा हिमालयन कलेजले युएन नवोदयलाइ ३८-४ अंकको फराकिलो अन्तरले प्राजित गरेको छ । त्यस्तै, पुरु तर्फको खेलमा धरान सिटी कलेजले डिपो स्कुललाई २९-२८, इन्जिनियर कलेजले बिकेबिएम बिराटनगरलाई २८-२४ र राष्ट्रिय जनसेवक कलेज इटहरीले केन्द्रिय प्रबिधी क्याम्पस हात्तिसारलाइ ३८-१५ अंकले पराजित गरेको छ । 

आयोजित खेलमा मेघाका सितल तामाङ र निरुता राइले समान ८ अंक ब्यक्तिगत जोडेका थिए । त्यस्तै, डिपोका रिदम राइले १३ इन्जिनियर कलेजका अनमोल राइले २२ र राष्ट्रिय जनसेवक इटहरीका विजयी शाहले ११ अंक जोडेका छन ।  

अल्फा विटा कोयोला एजुकेशन कन्सलटेन्सिको मुख्य प्रायोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा आयोजित प्रतियोगिताका पुरुष तर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । छात्रातर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै, व्यक्तिगत विद्यामा प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि उपाधि महिला पुरुष विजेताले जनहि नगद दुई हजार ५ सय र हाइस्कोररले जनहि दुई हजार रुपैया, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । उदयीमान खेलाडिले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

धरान-१६ रंगशाला स्थित इन्डोर बास्केटबल कोर्टमा सम्पन्न भइरहेको प्रतियोगिताको फाइनल खेल अघि प्रकाश पौडेल महिला पुरुष थ्री–पोइन्ट कम्पिटिसन हुनेछ। कम्पिटिसनका विजेताले जनहि नगद ३ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । थ्री पोइन्ट कम्पिटिसनका लागि धरान-१५ निवासी नेपालका चर्चित गायक तथा पुर्व बास्केटवल खेलाडि प्रकाश पौडेलले प्रायोजन गरेका हुन ।

भोलिको पहिलो खेल पुरुष तर्फ धरान सिटी कलेज र लोटस बिच क्वाटर फाइनल खेल हुनेछ । महिलातर्फ भने सियोन स्कुल र केन्द्रिय प्रबिधि क्याम्पस हात्तिसार र धरान मेघा र पब्लिक हाइ स्कुल बिच सेमिफाइनल खेल हुने आयोजकले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...