News Portal

  • अल्फा विटा अन्तर कलेज बास्केटवल; दोस्रो दिन चार टिम विजयी (फोटो फिचर)

    विकास चाम्लिङ राई
    ६३३ पटक

    विकास चाम्लिङ राई/धरान – धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित प्रदेश १ स्तरिय अल्फाबिटा अन्तर कलेज महिला तथा पुरुष बास्केटबलको दोस्रो दिन धरान मेघा हिमालयन, धरान सिटी, धरान इन्जिनियर र राष्ट्रिय जनसेवक इटहरी बिजयी भएका छन्।

    दोस्रो दिन शनिबार भएको पहिलो खेलमा महिलातर्फ मेघा हिमालयन कलेजले युएन नवोदयलाइ ३८-४ अंकको फराकिलो अन्तरले प्राजित गरेको छ । त्यस्तै, पुरु तर्फको खेलमा धरान सिटी कलेजले डिपो स्कुललाई २९-२८, इन्जिनियर कलेजले बिकेबिएम बिराटनगरलाई २८-२४ र राष्ट्रिय जनसेवक कलेज इटहरीले केन्द्रिय प्रबिधी क्याम्पस हात्तिसारलाइ ३८-१५ अंकले पराजित गरेको छ । 

    आयोजित खेलमा मेघाका सितल तामाङ र निरुता राइले समान ८ अंक ब्यक्तिगत जोडेका थिए । त्यस्तै, डिपोका रिदम राइले १३ इन्जिनियर कलेजका अनमोल राइले २२ र राष्ट्रिय जनसेवक इटहरीका विजयी शाहले ११ अंक जोडेका छन ।  

    अल्फा विटा कोयोला एजुकेशन कन्सलटेन्सिको मुख्य प्रायोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा आयोजित प्रतियोगिताका पुरुष तर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । छात्रातर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै, व्यक्तिगत विद्यामा प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि उपाधि महिला पुरुष विजेताले जनहि नगद दुई हजार ५ सय र हाइस्कोररले जनहि दुई हजार रुपैया, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । उदयीमान खेलाडिले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

    धरान-१६ रंगशाला स्थित इन्डोर बास्केटबल कोर्टमा सम्पन्न भइरहेको प्रतियोगिताको फाइनल खेल अघि प्रकाश पौडेल महिला पुरुष थ्री–पोइन्ट कम्पिटिसन हुनेछ। कम्पिटिसनका विजेताले जनहि नगद ३ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । थ्री पोइन्ट कम्पिटिसनका लागि धरान-१५ निवासी नेपालका चर्चित गायक तथा पुर्व बास्केटवल खेलाडि प्रकाश पौडेलले प्रायोजन गरेका हुन ।

    भोलिको पहिलो खेल पुरुष तर्फ धरान सिटी कलेज र लोटस बिच क्वाटर फाइनल खेल हुनेछ । महिलातर्फ भने सियोन स्कुल र केन्द्रिय प्रबिधि क्याम्पस हात्तिसार र धरान मेघा र पब्लिक हाइ स्कुल बिच सेमिफाइनल खेल हुने आयोजकले जानकारी दिएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सन्तोष परियार नयाँ शक्ति र प्रगतिशील अभियानमा समाहित, ७ मंसिरमा बृहत् एकता घोषणा

    काठमाडौं, कार्तिक २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको...

    प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए विवरण, ३ मन्त्रीले अझै बुझाएका छैनन्

    काठमाडौं, कार्तिक २८  – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो...

    सीआईबी भन्दै रकम ट्रान्सफर गराउने दुई जना पक्राउ

    काठमाडौं, कार्तिक २८ – काठमाडौंमा आफूहरूलाई सीआईबीका अधिकारी भनेर चिनाउँदै ठगी गर्ने दुई जना पक्राउ...

    संसद छिट्टै पुनर्स्थापना हुनैपर्छ, संविधान संशोधनमार्फत जेन–जीका माग सम्बोधन सम्भव : सभामुख घिमिरे

    बिर्तामोड, कार्तिक २८ – सभामुख देवराज घिमिरेले संसद पुनर्स्थापना अब अनिवार्य भएको बताएका छन्। बिहीबार बिहान...

    ओली चुनावको मुख्य रोकावट बनेका छन् : भूसाल

    काठमाडौं, कार्तिक २८ — पूर्वमन्त्री घनश्याम भूसालले आगामी प्रतिनिधिसभा चुनाव रोक्ने वास्तविक कारण एमाले अध्यक्ष...