News Portal

मोरङको रंगेलीमा अतिवितपन्न परिवारलाई व्यवसाय गर्ने सामाग्री वितरण

हिमालीसंचार संवाददाता
१६५ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका भित्र रहेका  अतिविपन्न परिवारका महिलाहरुलाई आत्मा निर्भर गर्ने उदेश्यले उपमेयर उद्घमशिल कार्यक्रम अन्तर्गत सामाग्री बितरण गरेका छन ।

नगरभित्र बसोबास गर्दे आएका गरिव, एकल महिला तथा अतिविपन्न परिवारले आफ्नो परिवारलाई पालनपोषण गर्नका लागि हाटबजार, सडक पेटी लगायतका स्थानमा सानो व्यापार गरेर दैनिकी जिवनयापन गर्दे आईरहेका छन ।  

उनाहरुले भक्का, आलुचप जस्ता व्यापार गरिरहेता पनि उनीहरुले पकाउनका लागि प्रयोगमा ल्याएको सामग्रीहरु पुरानो, फुटेका र कामै नलाग्ने गरी प्रयोगमा ल्याएपछि नगरले उनीहरुलाई केही राहत होस् भन्ने उदेश्यले १ देखि ९ वटा सबै वडाका अतिबिपन्न परिवारलाई बाल्टिन, जग, आरी, बटुका, गिलास र हड्केश बितरण गरेका छन। 

वडा नम्बर ७ को प्राङ्गणमा एक कार्यक्रम आयोजना गर्दे  सामग्री बिक्रीवितरण गरेको हो । महिला उद्यमीहरुलाई उपमेयर भुमा पराजुली , वडाअध्यक्ष रामचन्द्र मंण्डल, वडासचिव सर्मिला ठाकुर वडासदस्य देवमणी कटुवाल, अन्पुर्ण मण्डल, रुपा बिश्वकर्मा, स्थानीय पुर्सोतम काफ्ले लगायतले उक्त सामाग्री बितरण गरेका छन । 

रंगेली- ७ स्थित पिपल चोकमा बर्षदिनदेखि भक्का, आलुचप व्यवसाय गर्दे आईरहेकी विन्दि देवी मण्डलका अनुसार आफुहरुलाई नगरले  आत्मनिर्भरका लागि व्यापार गर्ने सामाग्री बितरण गरेको र आफ्नो आत्माबल समेत बढेको बताइन्।आगामी दिनहरुमा समेत यसरी नगरले यस्तो कार्यक्रमलाई निरन्तरता दिन समेत आग्रह गरेकी छन 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...