News Portal

  • मोरङको रंगेलीमा दलित महिलाहरुलाई उद्यमी बनाउन ७ दिने सिलाई कटिङ तालिम

    हिमालीसंचार संवाददाता
    १२१ पटक

    रबिन्द्र बराल/मोरङ –  “स्वदेशी उद्यम र उत्पादन दिगो औद्योगिक पुनरुत्थान” भन्ने मुल नाराका साथ रंगेली नगरपालिकाले सात दिने सिलाई कटिङको तालिम सुरु गरेको छ ।

    नगरले सबै वडाका दलित महिलाहरुलाई केही सीप सिकाएर  आत्मानिर्भर बनाउने उदेश्यले फाल्गुन १ गतेदेखि ८ गतेसम्म सिलाई कटिङ तालिमको आयोजना गरेको हो । 

    रंगेली ७ स्थित तालिम केन्द्रको भवनमा दलित महिलाहरुले आफ्नो घर व्यवहार मात्रै नभए र केही सीप सिकेर आफ्नै खुट्टमा उभिएर केही गर्ने सकुन भन्ने उदेश्यका साथ नगरका २० जना दलित महिलाहरुलाई यस्तो कार्यक्रम प्रदान गरिएको हो। दलित महिलाहरु घरमा मात्रै सिमित नभए र आफ्नो क्षमता अनुसार केही रोजगारी गर्ने सक्छन भन्ने  उदेश्यका साथ यस्तो कार्यक्रमको आयोजना गरिएको रंगेली नगरपालिका उपमेयर भुमा पराजुलीले बताईन ।

    सिलाई कटिङ तालिम पछि उनीहरुलाई थप उद्यमशिल बनाउन साता दिनको मात्रै नभएर अझै राम्रो गर्ने सकेमा प्रभावकारी रुपमा अगाडि बडाउन आफुहरुले सहयोग गर्दे जाने र मेसिनको पनि व्यवस्थापन गरेर अगाडि बडने पराजुलीले बताईन ।   

    घरेलु तथा साना उद्योग कार्यालय विराटनगरको आयोजना तथा रंगेली नगरपालिकाको सहकार्यमा कार्यक्रम गरिएको हो। नगरले दलित महिलाहरुलाई यस्तो कार्यक्रमले घरमा मात्रै नभए र आफूहरुले समेत सिपसिकेर केही गर्ने सकिन्छ भन्ने बाटो देखाएको हुदा आफूहरु खुशी भएको सहभागीहरुले बताए । 

    आयोजित कार्यक्रममा उद्यम विकास सहजकर्ता पवन रावल र निर्जला विश्वकर्माले प्रशिक्षक दिएका थिए । सहभागीहरुलाई  सिलाई कटिङमा सुरुमा गर्नुपर्ने काम र कर्तव्यका बारेमा  जानकारी समेत गराएका थिए 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    स्पेन भिजिट भिसा प्रकरणमा संसदीय छानबिनको माग, सहभागीहरू नफर्किएको दाबी

    काठमाडौं, असार २९ — प्रधानमन्त्री सहभागी स्पेन भ्रमणमा भिजिट भिसाबाट गएका केही नेपाली नफर्किएको पुष्टि...

    झापामा प्रधानमन्त्री ओलीको प्रस्टोक्ति : स्पेन भ्रमणबारे अराजकहरूले फैलाएको हल्ला आधारहीन

    झापा, असार २९ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालै सम्पन्न स्पेन भ्रमणलाई लिएर केही...

    छाउगोठमा सर्पले टोकेर कञ्चनपुरकी महिलाको मृत्यु

    कैलाली, असार २९ – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतिरहेकी एक महिलाको सर्पले टोकेपछि मृत्यु...

    एनआरएनए यूकेको अध्यक्ष पदमा राजेन्द्र पुडासैनीको उम्मेदवारी

    लन्डन, असार २९ — एनआरएनए यूकेको अध्यक्ष पदका लागि राजेन्द्र पुडासैनीले उम्मेदवारी घोषणा गरेका छन्।...

    झापाली समाज कुवेतको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा लिला पाण्डे

    कुवेत, असार २९ — झापाली समाज कुवेतको छैठौं अधिवेशन ११ जुलाईमा सम्पन्न भएको छ। अधिवेशनबाट...