News Portal

देशकै नमुना बिद्यालय राधिकालाई हिलो छ्याप्ने काम: भाम्रक समाचारको पछि नलाग्न आग्रह

हिमालीसंचार संवाददाता
२१५ पटक

तेजन खड्का/उर्लाबारी – मोरङको उर्लाबारी–६  स्थित राधिका माध्यमिक विद्यालयले कर्मचारी र शिक्षक नियुक्तिका विषयमा आएका भ्रमपूर्ण समाचारका पछि नलाग्न, कर्मचारी, शिक्षक, अभिभावक र स्थानीय सरकोकारवालाहरूसँग आग्रह गरेको छ ।

प्रचलित कानूनी ब्यवस्था अनुसार नै  कर्मचारी, शिक्षक नियुक्ति भएको बताउँदै  परीक्षा समितिका संयोजक चुडामणि नेपालले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक  विरुद्ध आएका समाचार प्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। नेपाल भन्छन्–२०७९ साल मङ्सिर १८ गतेको विद्यालय ब्यवस्थापन समितिको निर्णयबाट लेखापाल र ल्याव सहायक पदको विज्ञापन गरिएको हो ।आवश्यकता सम्बन्धि विज्ञापन नगरपालिका, वडा कार्यालय र विद्यालयमा टाँस गरिएको थियो। विद्यालयको वेवसाइटमा समेत विज्ञापन राखिएको भए पनि आवश्यक योग्यता पुगेका निवेदन आएनन्। 

त्यसपछि मंसिर २९ गते निर्णय गरी पुन विज्ञापन प्रकाशन गरियो । थप एकजना प्रशिक्षक माग गरी विज्ञापन गर्ने निर्णय भयो उनी भन्छन्। सोही अनुसार लेखापाल पदको विज्ञापन पुस २ गते दोस्रोपटक प्रकाशित भयो। पुनः विद्यालयको वेवसाइट, वडाकार्यालय र नगरपालिकामा समेत विज्ञापन टाँस भयो ।

प्रशिक्षक पदको विज्ञापन स्थानीय राष्ट्रिय समाचारपत्र दैनिकमा पुस १५ गते प्रकाशित गरिएको थियो। विद्यालय ब्यवस्थापन समितिको पुस २१ गतेको निर्णय अनुसार विद्यालयले तीन वटै पदको परीक्षा गराउन उर्लाबारी नगरपालिकासँग सहजकर्ता माग ग¥यो ।

नगरपालिकाले विद्यालयको माग अनुसार सबै पदको परीक्षा  गराउन  नगरपालिकाका शिक्षा शाखा प्रमुख अशोक घिमिरेलाई पठायो । प्रशिक्षक, ल्याव सहायक र लेखापाल पदको परीक्षा गराउन नगपालिकाले विज्ञको रुपमा पूर्वाञ्चल विश्वविद्यालयका उप प्रा.सन्नीकुमार साहलाई तोकि दियो ।

त्यस्तै, संयोजकको जिम्मेवारी विद्यालय ब्यवस्थापन समितिका सदस्य  दीपेन्द्र थापा तोकेर परीक्षा गराउने निर्णय भयो । सोही अनुसार प्रश्नपत्र निर्माण गरी परीक्षा सञ्चालन भयो । प्रशिक्षक पदमा एक जनाको मात्रै आवेदन परेको थियो । हामीले स्थानीय अखवारमा नै विज्ञापन गर्दा पनि परीक्षार्थी कोही आएनन् । सात दिनको म्यादमा कोही नआएपछि परीक्षा गराउनुको विकल्प थिएन ।

यस्तै लेखापाल पदको परीक्षा सञ्चालन गर्न संयोजक रुद्रप्रसाद न्यौपानेलाई तोकिएको थियो भने विषय विज्ञको रुपमा करुणेश्वर राईलाई नियुक्ति गरिएको थियो। उक्त पदमा पनि दुईजनाको निवेदन परेको थियो तर अर्का परीक्षार्थी परीक्षामा सामेल भएनन । कसैले फर्म भरेर पनि परीक्षामा सामेल भएनन् भने त्यसको जिम्मा विद्यालयले लिन नसक्ने विद्यालयको भनाई छ । परीक्षा सञ्चालन प्रक्रियाका सदस्य सचिव समेत शिक्षक चुडामणि नेपालले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकका नातासम्बन्धका ब्यक्तिहरू परीक्षामा सामेल भएकोले शिक्षक छनौट समितिमा अध्यक्षको कार्यभार ब्यवस्थापन समितिका सदस्य दीपेन्द्र थापालाई र सदस्य सचिवको जिम्मेबारी वरिष्ठ शिक्षकको हैषियतले आफूलाई दिएको बताए ।

विद्यालय सबैको साझा संस्था हो । राजनीति पूर्वाग्रह साँधेर समाचार आउँदा विद्यालयको भविष्य र त्यहाँ अध्ययन गर्ने विद्यार्थीको मनोविज्ञानमा असर परेको छ । बैचारिक रुपमा जो जता लागे पनि परीक्षा कानून, विधि र मर्यादा नाघेर नगराएको शिक्षकहरूको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...