News Portal

  • बालाजुमा प्रहरीको गाडी आगजनी गरेको आरोपमा ६ जना पक्राउ (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    १७८ पटक

    काठमाडौं – बालाजुमा गत सोमबार भएको आन्दोलन भड्किँदा प्रहरीको २ वटा गाडीमा आगजनी तथा तोडफोड गरेको आरोपमा ६ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरीको गाडी आगजनी गर्ने ६ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए। प्रहरीले सामाजिक सञ्जालमा बाहिरिएका भिडियो, फुटेज र फोटोका आधारमा विश्लेषण गरी उनीहरूलाई पक्राउ गरेको एसएसपी कार्कीले बताए। 

    पक्राउ पर्नेमा उदयपुर घर भई काठमाडौं बस्ने ४० वर्षीय बिक्रम राई, नुवाकोट घर भई टोखा बस्ने ३० वर्षीय रामहरी भण्डारी, लमजुङ घर भई तार्केश्वर बस्ने २३ वर्षीय विवेक श्रेष्ठ, काभ्रेका ३१ वर्षीय राजेश तामाङ, गोंगबु बस्ने १८ वर्षीय दिपेन्द्र पुन मगर र काभ्रेका २० वर्षीय आशिष खड्का पक्राउ परेका हुन्। गत सोमबार यातायात मजदुरको आन्दोलनले उग्र रूप लिँदा दुई वटा प्रहरीको भ्यान, आयरल्यान्ड, प्रहरी बिटमा तोडफोड तथा आगजनी भएको थियो।

    प्रहरी वृत्त बालाजुका डिएसपी चढ्ने बा २ झ १४४ नम्बरको भ्यान  र बा १ झ ७२२४ नम्बरको सिआरभी भ्यानमा आगजनी भएको थियो। उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थपेर अनुसन्धान भइरहेको जानकारी दिए। 

    त्यस्तै, सोहि समयमा ल्होत्से मलमा लुटपाट गर्ने चार जनालाई पनि प्रहरीले सार्वजनिक गरेको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २९ गतेको राशिफल

    आज असार २९, २०८२ (जुलाई १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनए युकेको चुनावमा धाँधली गर्ने तयारी गरेको सिम्खडामाथि आरोप

    लण्डन। रामशरण सिम्खडा चुनाव आयुक्त बन्नासाथ उम्मेदवारहरु मात्रै हैन, आममतदाता पनि डराउँछन्। उनी निर्वाचन आयुक्त...

    क्यानडामा एनआरएनए अध्यक्षमा चन्द्रा अधिकारीको उम्मेदवारी

    टोरन्टो। क्यानडामा नेपाली समुदायमाझ सामाजिक कार्यमा दत्तचित्त युवा नेतृ चन्द्रा (चन्दा) अधिकारीले आफ्ना ठोस योजनासहित...

    आज २०८२ साल असार २८ गतेको राशिफल

    आज असार २८, २०८२ (जुलाई १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    काठमाडौं महानगरको कार्यपालिका बैठक ४५ सेकेन्डमै सकियो, नगरसभा असार २९ गते बोलाइयो

    काठमाडौं, असार २७ – लामो समयपछि बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक निकै छोटो अवधिमा सम्पन्न...