News Portal

भाेट माग्दा दिएकाे अास्वासन पूरा : आँखा नदेख्नेलाई नगर प्रमुखबाट मासिक रु २ हजार

हिमाली संचार संवाददाता
६८३ पटक

नुवाकोटको बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक अशक्त व्यक्तिलाई मासिक रु २ हजार उपलब्ध गराउने भनी उम्मेदवार रहँदा जनाएको प्रतिबद्धता कार्यान्वयनमा ल्याउनुभएको छ ।

प्रमुख पण्डितले विदुर नगरपालिका–९ लामाटारका दुवै आँखा नदेख्ने कृष्णबहादुर नेपालीलाई मासिक रु २ हजार रकम आफू जनप्रतिनिधि भएपश्चात हालसम्मकाे अवधिको एकमुष्ट रुपमा उपलब्ध गराउनुभयो । उहाँले प्रमुख पदमा निर्वाचित भएर शपथ लिएपछि राज्यबाट जनप्रतिनिधिको हैसियतमा प्राप्त सुविधाबाट अहिलेसम्म १५ महीनाको रु ३० हजार दुवै आँखा नदेख्ने नेपालीलाई उपलब्ध गराउनुभयो ।

“यो सेवा आफू जनप्रतिनिधि रहुन्जेल राज्यबाट प्राप्त हुने सुविधाबाट कटौती गरी प्रदान गर्ने भनेर जनाएको प्रतिबद्धता कार्यान्वयनमा ल्याएको छु,” उहाँले भन्नुभयो, “अब निरन्तर मासिक रुपमा रकम उपलब्ध गराउनेछु ।”

जग्गा तथा सम्पत्ति केही नभएको नेपालीले वृद्ध बुबा र शारीरिकरुपमा अशक्त श्रीमतीको पालनपोषण गर्दै आउनुभएको छ । “सामाजिक सुरक्षा भत्ताबाट आउने पैसाले परिवार पाल्न गाह्रो थियो,” नेपालीले भन्नुभयो, “मेयरले दिनुभएको पैसाले चामल किन्न पुग्ने भएको छ ।” न्युज24नेपाल

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...