News Portal

  • मोरङको बेतनी सिमसार क्षेत्रमा धुम्न आउने र वनभोज खान उपयुक्त स्थल (फोटो फिचर)

    हिमालीसंचार संवाददाता
    ५०३ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको उर्लाबारी ७ स्थित बेतनी सिमसार क्षेत्र पछिल्लो समय धुम्न आउने र वनभोज खान आउने आगन्तुकहरुले भरिन थालेको छ।

    पछिल्लो समयमा बेतनी सिमसार क्षेत्रका सुन्दर स्थल पर्यटकीय स्थलको रुपमा आफ्नो परिचय दिइरहेको छ। विशेष गरेर चारै तिर आकर्षक हरिया वनजंगल र प्रकृतिको भण्डार बेतनी सिमसारको कुल क्षेत्रफल ५५ हेक्टर बराबर क्षेत्रफलमा फैलिएको  छ । मोरङको उर्लाबारी  मंगलबारे चौकबाट करिब दुई किलोमिटर उत्तर पर्ने उर्लाबारी नगरपालिको विशेष पर्यटकीय स्थलको रुपमा विकासित हुदै गएको छ ।   

    सिमसारमा पर्यटकहरुलाई आकर्षित गर्नका लागि दुईवटा कृत्रिम पोखरी निर्माण गरिएको छ । हालमा रहेको ‘बेत’ प्रजातिको वनस्पति पाइने भएकाले यस क्षेत्रलाई बेतनी सिमासर नामाकरण गरिएको हो। बालबालिकाहरुलाई खेल्नका लागि चिप्लेटी, पिङ तथा रोटेपिङ लगयातका खेलहरु राखिएको छ।

    यस क्षेत्रमा विशेष गरी गोहोरो, सालक, हरिण, दुम्सी, मृग, न्यारी, वन खरायो, वनडाढे, स्याल, टोके, कछुवा र अजिंगर लगायत अन्य विभिन्न प्रजातिका सर्पहरु देख्न पाईन्छ। यहाँ विभिन्न किसिमका माछाहरु समेत रहेका छन्। 

    पूर्वमा सोल्टी खोला, उत्तरमा डुमा खोला, पश्चिमा जंगल र दक्षिणमा मानव वस्ती रहेको सिमसार क्षेत्र पुर्वको प्रमुख आकर्षकको रुपम रहेको छ । यस क्षेत्रको थप विस्तार गरेर व्यवस्थित गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आर्कषित गर्न सकिन्छ।  

    यहाँ साल, बोटधगैरी, जामुन, विजय साल, शत्तिसाल, खयर, टिक, राजविर्से र वेद लगायतका वनस्तिहरु पाइन्छ । अहिले यस क्षेत्रमा मोरङ, सुनसरी, झापा र ईलाम लगायतका जिल्लाहरुबाट यस क्षेत्रमा अबलोकन गर्ने आउने र दिन भरी वनभोज खाएर नाचगान गरेर रमाइलो गर्ने गरेका छन ।  

    विशेष गरेर हरेक शनिबार बेतनीमा सयौंको संख्यामा पर्यटकहरुको धुइचो हुने गर्दछ। यस क्षेत्रमा वनभोज तथा शैक्षिक भ्रमणमा आएने गरेका छन्। निकट भविष्यमा यसको थप विकास र प्रबद्धन गरेर विस्तार गर्ने बेतनी सामुदायिक वन उपभोक्त समूहका कोषाध्यक्ष अर्जुन बास्तोलाले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...