News Portal

  • अल्फा विटा अन्तर कलेज बास्केटवल प्राविधिकलाई जर्सी प्रदान

    विकाश चाम्लिङ राई
    २९४ पटक

    विकास चाम्लिङ राई/धरान – धरान बास्केटवल संघको आयोजनामा फागुन ५ गतेदेखि हुन लागेको दोस्रो प्रदेश नं. १ अल्फाबिटा अन्तर कलेज महिला तथा पुरुष बास्केटबल प्रतियोगिताका प्रविधिक टिमका लागि धरान-९ स्थित मेहेर कलेक्सनले दश थान जर्सी प्रदान गरेका छन ।

    मेहेर कलेक्सनका संचालक मेहेरलाल श्रेष्ठले आइतवार आफ्नै पसलमा सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीलाई करिव १५ हजार रुपैया वरावरको बास्केटबल जर्सी हस्तान्तरण गरेका थिए। कलेक्सनले विस २०५८ सालदेखि खेलकूदका सामग्री होलसेल तथा रिटेल गर्दै आइरहेको छ ।         

    धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा प्रदेश नं. १ भरीबाट पुरुष तर्फ १२ टिम र महिला तर्फ ८ टिमले सहभागीता रहने आयोजकले जनाएका छन्।  

    बास्केटबल खेल र खेलाडीलाई व्यावसायिक थता पर्वद्धन गर्ने उद्धेश्यले आयोजित प्रतियोगिताको सम्पूर्ण खेल धरान-१६ स्थित धरान रंगशालाको कर्भडहलमा संचालन हुनेछ। प्रतियोगितामा पुरुष तर्फ २३ वर्ष उमेर समुहले मात्र सहभागिता जनाउन पाउने छ भने महिला तर्फ भने उमेर खुला गरिएको छ। 

    प्रतियोगितामा पुरुष तर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । महिला तर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरि व्यक्तिगत विद्यामा प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि उपाधि विजेता र हाइस्कोररले ट्रफि र प्रमाणपत्र सहित नगद पुरस्कार र उदयीमान खेलाडिले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

    प्रतियोगिताको फाइनल खेल अघि प्रकाश पौडेल महिला पुरुष थ्री–पोइन्ट कम्पिटिसन हुनेछ ।  कम्पिटिसनका विजेताले जनहि नगद ३ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । थ्री पोइन्ट कम्पिटिसनका लागि धरान १५ निवासी नेपालका चर्चित गायक तथा पुर्व बास्केटवल खेलाडि प्रकाश पौडेलले प्रायोजन गरेका हुन ।

    प्राविधिकलाई जर्सी हस्तान्तरण कार्यक्रममा प्रदेश नं. १ बास्केटवलका राष्ट्रिय प्रशिक्षक विबास चाम्लिङ राई, राष्ट्रिय रेफ्रि शिसिर पोख्रेल, युगल लिम्वु र मनुहाङ्ग राई लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको मुख्य प्रायोजनमा धरान-२ स्थित अल्फा विटा कोयोला एजुकेसन कन्सलटेन्सि रहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २१ गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रास्वपाको पत्राचार : मेटा र युट्युबसँग दर्ता प्रक्रियाबारे जिज्ञासा

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै राष्ट्रिय स्वतन्त्र...

    फेसबुकपछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग सूचीकरणका लागि सम्पर्कमा

    काठमाडौं, भदौ  २० – फेसबुकको सूचीकरण पछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग आफ्नो प्लेटफर्म सूचीमा...

    ओलीको राजनीतिक प्रतिवेदन : अन्य दलहरूलाई कसरी हेर्छन् एमाले अध्यक्ष

    काठमाडौँ, भदौ २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश...

    हाम्रो पात्रोलाई सामाजिक सञ्जालसँगै बन्द गर्ने सरकारी निर्णय विवादित

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका भन्दै सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा लोकप्रिय एप...