News Portal

अल्फा विटा अन्तर कलेज बास्केटवल प्राविधिकलाई जर्सी प्रदान

विकाश चाम्लिङ राई
४०३ पटक

विकास चाम्लिङ राई/धरान – धरान बास्केटवल संघको आयोजनामा फागुन ५ गतेदेखि हुन लागेको दोस्रो प्रदेश नं. १ अल्फाबिटा अन्तर कलेज महिला तथा पुरुष बास्केटबल प्रतियोगिताका प्रविधिक टिमका लागि धरान-९ स्थित मेहेर कलेक्सनले दश थान जर्सी प्रदान गरेका छन ।

मेहेर कलेक्सनका संचालक मेहेरलाल श्रेष्ठले आइतवार आफ्नै पसलमा सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीलाई करिव १५ हजार रुपैया वरावरको बास्केटबल जर्सी हस्तान्तरण गरेका थिए। कलेक्सनले विस २०५८ सालदेखि खेलकूदका सामग्री होलसेल तथा रिटेल गर्दै आइरहेको छ ।         

धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा प्रदेश नं. १ भरीबाट पुरुष तर्फ १२ टिम र महिला तर्फ ८ टिमले सहभागीता रहने आयोजकले जनाएका छन्।  

बास्केटबल खेल र खेलाडीलाई व्यावसायिक थता पर्वद्धन गर्ने उद्धेश्यले आयोजित प्रतियोगिताको सम्पूर्ण खेल धरान-१६ स्थित धरान रंगशालाको कर्भडहलमा संचालन हुनेछ। प्रतियोगितामा पुरुष तर्फ २३ वर्ष उमेर समुहले मात्र सहभागिता जनाउन पाउने छ भने महिला तर्फ भने उमेर खुला गरिएको छ। 

प्रतियोगितामा पुरुष तर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । महिला तर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरि व्यक्तिगत विद्यामा प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि उपाधि विजेता र हाइस्कोररले ट्रफि र प्रमाणपत्र सहित नगद पुरस्कार र उदयीमान खेलाडिले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको फाइनल खेल अघि प्रकाश पौडेल महिला पुरुष थ्री–पोइन्ट कम्पिटिसन हुनेछ ।  कम्पिटिसनका विजेताले जनहि नगद ३ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । थ्री पोइन्ट कम्पिटिसनका लागि धरान १५ निवासी नेपालका चर्चित गायक तथा पुर्व बास्केटवल खेलाडि प्रकाश पौडेलले प्रायोजन गरेका हुन ।

प्राविधिकलाई जर्सी हस्तान्तरण कार्यक्रममा प्रदेश नं. १ बास्केटवलका राष्ट्रिय प्रशिक्षक विबास चाम्लिङ राई, राष्ट्रिय रेफ्रि शिसिर पोख्रेल, युगल लिम्वु र मनुहाङ्ग राई लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको मुख्य प्रायोजनमा धरान-२ स्थित अल्फा विटा कोयोला एजुकेसन कन्सलटेन्सि रहेको छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...