News Portal

  • धरानमा प्रदेश स्तरीय “सम्मान मिस लिम्बु २०७९” अडिसन सम्पन्न

    हिमालीसंचार संवाददाता
    ५९२ पटक

    अशोक तिरुवा/धरान – “बौद्धिक विकास र सौदर्य! पहिचान र संस्कृति” भन्ने मुल नाराका साथ धरान उपमहानगरपालिका धरान -१० स्थित चौंथो रेष्टुरेन्ट एण्ड बारमा “सम्मान मिस लिम्बु २०७९” अडिसन सम्पन्न भएको छ।

    आयोजित कार्यक्रममा निर्णायक मण्डलहरुमा दिनेश सिंगक, इक्सा मादेन, हाङ चेम्जोङ, किशोर सम्बाहाम्फे, सन्ध्या तुम्वाहाम्फे, कला सुब्बा, यासेली योङहाङ, पुर्ण लिम्बु र कृष्ण सुब्बाले प्रदेश नं. १ का विभिन्न जिल्लाहरुबाट १४ जना काठमाडौका लागि छनौट गरिएको छ। 

    प्रतियोगीहरुमा मुना चेम्जोङ् लिम्बु, नीता लिम्बु, काजल सेलिङ् लिम्बु, केञ्जल योङ्हाङ्, अनुशा पार्घरी लिम्बु, नुमा कुरुम्बाङ्, कृतिका चोङ्बाङ् लिम्बु, भेनुमा पाहिम लिम्बु, कृतिका इङ्नाम, उषा सिंगु लिम्बु, बिपिका सेलिङ् लिम्बु, तागेरा फुङ् नेम्बाङ्, रोजा लिम्बु मादेन लिम्बु र ज्वाला कुरुम्बाङ् लिम्बु छनौट भएका छन्। 

    उक्त प्रतियोगिताका विजेताले नगद ५० हजार सहित १ थान स्कुटर, दोस्रो विजेताले नगद १ लाख र तेस्रो विजेताले नगद ५० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएका छन्। प्रतियोगिताको फाइनल आगामी चैत्र ११ गते राष्ट्रिय नाचघर काठमाडौमा हुने छ। 

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...