News Portal

अमरहाट धरान-१३ स्थित “अमरहाट पत्रकार महासंध छेउ” सडक वडाध्यक्ष नेत्र काफ्लेद्वारा उद्धाटन (भिडियो सहित)

हिमालीसंचार संवाददाता
२३५ पटक

धरान – धरान उपमहानगरपालिका धरान -१३ स्थित अमरहाटमा “अमरहाट पत्रकार महासंघ छेउ” सडक वडाध्यक्ष नेत्र काफ्लेद्वारा उद्धाटन गरिएको छ।

प्रदेश सरकार भौतिक पूर्वाधार विकास कार्यक्रम अन्तरगतका वियोजित बजेटले १७ मिटरको सडक ४ दशमलव मिटरको चौडाई कुल ९ लाख ८३ हजार १ सय रुपैयामा निर्मित सडक आज विहान वडा नं. १३ का वडाध्यक्ष नेत्र काफ्लेद्वारा उद्धाटन गरिएको हो। 

धरान-१३ स्थित पत्रकार महासंघ सुनसरीको विशेष पहलमा उक्त सडक निर्माण हो। पत्रकार महासंधको कार्यालय धरानमा स्थापना भएपछि महासंध, वडाकार्यालय र स्थानीयहरुको सहकार्यमा धरानको विकासमा उदाहरणीय कार्य भएको वडाध्यक्ष काफ्लेले बताए।

त्यस्तै, अमर सेवा समाजका अध्यक्ष भूमिराज लिम्बु, पूर्व प्रधानपञ्च बम देवान, जीवनकुमार राई, महासंघका अध्यक्ष जनकऋषी राई, पूर्व अध्यक्षद्वय केशव घिमिरे, र वरिष्ठ पत्रकार हर्ष सुब्बा लगायतले आफ्ना धारणा राखेका थिए।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...