रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका- ४ चोप्राह स्थित वडा कार्यालयमा जेष्ठ नागरिकहरुलाई एक दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन तथा न्यानो कम्बल वितरण गरियो।
“सुरक्षित सीमा सुरक्षित जीवन” जेष्ठ नागरिक लक्षित आधारभूत स्वास्थ्य सेवा नि:शुल्क उपचार शिविर तथा अभिमुखिकरण कार्यक्रम संचालन गरिएको हो।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना र वडा कार्यालयको समन्वय र नोबेल अस्पताल विराटनगरको सहकार्यमा ७० वर्ष भन्दा माथीका जेष्ठ नागरिक लक्षित १ दिने नि:शुल्क स्वास्थ्य चेकजाँच गराएका थियो। आयोजित कार्यक्रममा बृद्धहरुलाई न्यनो कम्बल वितरण गरिएको थियो।
आयोजित कार्यक्रमको प्रमुख अतिथि आन्तरिक मामिला तथा कानून मन्त्रालयका सातौ शाखा अधिकृत चुडामणी गुरागाई र निर्मल मानन्धर, वडाध्यक्ष अवधेश मण्डल, लागायतको समेत उपस्थिति रहेको थियो ।
उक्त शिविरमा नोबेल अस्पतालका डाक्टरहरुद्वारा सुगर, प्रेसर लगायतको चेकजाँच समेत गरिएको थियो। शिविरमा १ सय ५१ जनाले स्वास्थ्य परिक्षण गराउनुका साथै १ सय ५१ जना बृद्धहरुलाई कम्वल वितरण गरेको थियो ।