News Portal

मोरङको रंगेली नगरपालिकाले भू-उपयोग नियमावली ल्याउने तयारी

हिमालीसंचार संवाददाता
१७९ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकामा भू-उपयोग ऐन २०७६ तथा भू-उपयोग नियमावली २०७९ को माप दण्ड तथा आधारहरूका अतिरिक्त देहाय अनुसार रंगेली नगर क्षेत्रको भू-उपयोग वर्गीकरण गर्ने भएको छ ।

नगरपालिकाको भू-बनौट, भू-संरचना, भू-उपयुक्तता, भू-क्षमता, उपयोग र आवश्यकताका आधारमा भू-उपयोग क्षेत्र वर्गीकरण गर्ने भएको हो । नगरले कृषि आवासीय, व्यावसायिक, औधोगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल-तलैया, पोखरी र सिमसार, सार्वजनिक उपयोग, खुला क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वका क्षेत्र र आवश्यकता अनुसार जग्गा बर्गीकरण गर्ने भएको हो ।

आवासीय क्षेत्रमा वर्गीकरण गर्ने र हुलाकी सडकमा पर्ने रंगेली-कानेपोखरी सडक र सहायक लोकमार्ग सडकहरुको अधिकारको क्षेत्र बाहेकको १ सय ५० मिटरको दायाँबायाँ क्षेत्रका एडिविको सहयोगमा बनेको सडक तथा प्रादेशिक सडकहरूको सडक अधिकारको क्षेत्रमा पर्ने १ सय २५ मिटरको दायाँबायाँको क्षेत्र, २२ फिट वा सो भन्दा माथिकासडकहरुको अधिकारको क्षेत्र एक सय मिटरको दायाँबायाँको क्षेत्र र २१ फिटसम्मका सडक अधिकारको क्षेत्रको पचास मिटरको दायाँबायाँ क्षेत्रका कायम गरिने भएको छ ।

हाल आवासीय प्रयोगमा रहेका घर जग्गा र बातावरण ऐन तथा नियमावलीले निर्देशन गरे बमोजिम नगर क्षेत्रमा भौगोलिक अनुकुलता नगरवासीको आवश्यकता का आधारमा पार्क, हरित उद्यान, बन क्षेत्र संरक्षण, नदी तथा सडक किनारा धारामा बारोपण नगरका जलासय व्यवस्थापन गर्ने सहभागीहरुलाई प्रष्ट पारेका थिए ।

भूउपयोग परिषद्‌को कार्यमा सहयोग गर्न स्थानीय तहमा एक भूउपयोग कार्यान्वयन समितिमा नगर प्रमुख, सम्बन्धित वडाको वडाअध्यक्ष, सदस्य स्थानीय तहका कृषि, वन, भूमि, सहरी विकास र भौतिक पूर्वाधारसँग सम्बन्धित शाखाका सदस्य, सरोकारवालामध्येबाट स्थानीय भूउपयोग परिषद्ले तोकेको दुईजना महिला सहित चार जना सदस्य, प्रमुख प्रशासकीय सदस्य रहेका छन ।

नगरको सभाहलमा आयोजित कार्यक्रममा नगर प्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली, कार्यकारी अधिकृत विभिन्न वडाका वडाअध्यक्ष, बुद्धिजीवी सुरेश मिश्र, शंकरप्रसाद साह, पन्नालाल मंण्डल, नागरिक समाज, राजनीतिक दल, बुद्धिजीवी लगायतको सहभागी रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई जग्गाको बर्गीकरणका बारेमा जानकारी गराएका थिए । एक महिना भित्र जग्गाको बर्गीकरण सम्पन्न सक्ने र दुई महिना भित्र कित्ता काट समेत खोलीने नगर प्रमुख बगडिय ले बताए ।

प्रतिकृया दिनुहोस्

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...