News Portal

स्वतन्त्र नागरिक समाजको अभियानमा जोडिए धरान रेडिमेट व्यापार संघ (भिडियो सहित)

हिमालीसंचार संवाददाता
२२० पटक

धरान – धरान उपमहानगरपालिका धरानमा स्वतन्त्र नागरिक समाज धरानले ११औं सप्ताह भोनुचोक केन्द्रित सरसफाई कार्यक्रममा नगरमा गठीत धरान रेडिमेट व्यापार संघ धरानले समेत आफ्नो सहभागिता जनाएको छ। 

स्वतन्त्र नागरिक समाज धरानले हरेक विहिबार साझ ६ बजेदेखि ८ बजेसम्म दुई धण्टा सचेतना स्वरुप भानुचोकमा रहेको  बसपार्क, शौचालय स्टलहरु लगायतका सार्वजनिक स्थानहरुमा सरसफाई अभियान संचालन गर्दै आएको ११औं हप्ता भएको छ। समाजको सरसफाई अभियानमा धरान रेडिमेट व्यापार संघ धरानको सम्पूर्ण कार्यसमितिले आफ्नो सहभागिता जनाएका थिए। 

धरान रेडिमेट व्यापार संधले स्वतन्त्र नागरिक समाज धरानलाई सरसफाईका सामाग्रीहरु समेत प्रदान गरेको समाजका सदस्य मनकुमार राईले बताए। त्यस्तै, धरान -११ की सकुन्तला राईले ११औं सरसफाई अभियानका लागि फेसमाक्स र हेन गोल्ब सहयोग गर्नु भएको समेत राईले जानकारी दिए। 

धरानको भानुचोक परिसरमा माइक सहित सरसफाई गरेका समाजको अभियानमा डोटीका युवा समेतले सरसफाई अभियानमा सहभागिता जनाएका समाजका सदस्य राईले बताए। मेयर साम्पाङको खुलेर प्रशंसा गरेका राईले नगरमा अभियान मार्फत धरानको उचाइ बढ्दै गएको भन्दै खुशी व्यक्त गरे। 

त्सस्तै, स्वतन्त्र नागरिक समाजका सक्रिय सदस्य रामप्रसाद राईले आफ्नो घरको आगन जस्तै चिटिक्क भोनुचोकको सार्वजनिक स्थल सफा देखिदा खुशी लागेको बताए। तर, एक हजार जना बराबर एक जना व्यक्तिले सफाई गर्नु पर्ने अध्ययनले देखाएको भन्दै सबैले आफ्नो कर्तव्यबाट विमुख नहुन आग्रह गरे। 

भानुचोकमा माईकिङ गरी रहेका समाजका सक्रिय सदस्य राईले हामीले गरेको कामको सफलता भएको बताए। तर, पूर्ण सफलता होइन, अझ व्यापक सुधार ल्याउनु छ। यसरी एउटा समुहले, एउटा व्यक्तिले सफाई गरेर साध्य हुदैन। राज्यको स्तर यो स्तरसम्म पुग्न जरुरी छ। हामीले राज्यलाई दिएको योगदान हो उनले भने।

 

प्रतिकृया दिनुहोस्

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...