News Portal

  • सशस्त्रका ४ एसएसपीलाई डीआईजी पदमा बढुवाका लागि सिफारिस

    हिमालीसंचार संवाददाता
    १४८ पटक

    काठमाडाैं। सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि चार जनाको नाम सिफारिस भएको छ।

    सशस्त्र प्रहरीको बढुवा समितिको बैठकले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम १ को (ख) बमोजिम सशस्त्र प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरेको हो।

    सशस्त्र प्रहरीका बढुवा समितिका सदस्य–सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरीका ४ वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ, अञ्जनीकुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवाका लागि सिफारिस गरिएको जानकारी दिनुभयो।

    बढुवा सिफारिसउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकले प्रहरी नियमावली, २०७२ को नियम ५५ मा व्यवस्था भएबमोजिम सात दिनभित्र बढुवाउपरको उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सक्ने व्यवस्था गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...