News Portal

  • धरानमा प्रदेश स्तरीय पाचौ पुष्प प्रदर्शनी व्यापार मेला सुरु, ५० देखि ७५ हजारसम्मको फूलहरु प्रदर्शनमा (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    १४२ पटक

    धरान – धरान उपमहानगरपालिका धरान-१२ स्थित पब्लिक हाई स्कुलको खेल मैदानमा पाचौ पुष्प प्रदर्शनी व्यापार मेला हिजो बुधबारदेखि पाच दिनको लागि शुरु भएको छ ।

    सुनसरीको धरान उपमहानगरपालिका धरान स्थित पब्लिक हाइ स्कुलको खेल मैदानमा प्रदेश नं. १ स्तरीय पाचौ पुष्प प्रदर्शनी व्यापार मेला नेपाल फ्लोरिकल्चर एसोसिएसनको आयोजनमा शुरु भएको हो।  व्यापार मेलामा न्यूनतम १ सय रुपैयाको एजेलिया प्रजातिका फूलदेखि ७५ हजारसम्मका मोन्स् टेरा फूल पिरदर्शनीमा राखिएको छ। 

    आयोजित कार्यक्रममा प्रदेश नं. १ का कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले पुष्प प्रदर्शनी व्यापार मेला उद्घाटन गरेका थिए। आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री सिटौलाले व्यवसायीक रुपमा पुष्प व्यवसायी फूल खेतीमा उद्धत तपाई आफु दुखी भएर पनी अरुलाई खुशी पार्नका लागि निरन्तर लागि रहनु हुने सबैलाई प्रोत्साहन दिएका थिए । 

    मन्त्री सिटौलाले महाकवि लक्ष्मिप्रसाद देवकोटाले समेत फूलबाट पाउने आनन्दको प्रंशसा गरेको प्रशंग जोड्दै “भन्छन् सुख भनी त्यो सुख काहा छ? आफु मेटाई दिनु जाहा छ, फूल्दो गुलावविच तत्व अनेक फूल्छन् उद्यानमा बसगरी सब तत्व खुल्छन्!” महाकवि देवकोटाको भावनासंगै मन्त्रीले पुष्प व्यवसायको प्रवर्द्धनका लागि आवश्यक नीति निर्माण, सुधार र लगानीका सम्भावना विषयका प्रस्ताव लिएर मन्त्रालय आउन फ्लोरिकल्चर एसोसिएसनलाई आग्रह समेत गरे। 

    मन्त्री सिटौलाले श्रम गर्ने शहरलाई सरम लाग्ने नबनाई पुष्प व्यवसायीमा आत्मनिर्भर हुन आव्हान समेत गरेका थिए। सरकारले फुलको आयातलाई रोक्न पुष्प व्यवसायीलाई उत्पादनमुखी बनाउनु पर्ने धारणा राखेका थिए ।  ‘सरकारले सातवटै प्रदेशमा पुष्प व्यवसाय प्रवर्द्धन गर्न केन्द्र स्थापना गर्न उपयुक्त हुने वा केन्द्र मार्फत नै काम गर्न सकिन्छ, आवश्यक सुझाव सहित प्रस्ताव लिएर मन्त्रालय आउन समेत अनुरोध गरे। 

    त्यस्तै, धरान फूलहरुको शहर धरान भनिए पनि स्थानीय सरकार धरान उपमहानगरपालिकाको मेयर हर्कराज राई (साम्पाङ) ले उपस्थिति नजनाएकोमा फ्लावर जोन एण्ड पोट हाउसकी सञ्चालिका शिव वान्तावा राईले व्यवसायीहरु निरुत्साहित भएको बताईन्। तर, नगरका सम्पूर्ण वडाहरुले सहयोग गरेको भन्दै उनी उत्साहित थिइन्।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...