News Portal

मुलुकको विभिन्न जिल्लाहरुमा खटिए नौं महिला सिडिओ

हिमालीसंचार संवाददाता
४२४ पटक

काठमाडौं – मुलुकको विभिन्न जिल्लाहरुमा एकै पटक नौं जना प्रमुख जिल्ला अधिकारीको रुपमा महिला सिडिओ खटिएका छन् । गृह मन्त्रालयका अनुसार तीन जिल्लामा सहसचिव र पाँच जिल्लामा उपसचिवहरुलाई महिला सिडिओ खटाइएको हो।

गृह मन्त्रालयका अनुसार उपसचिवहरुमा पुर्वाञ्चलको ताप्लेजुङमा गोमादेवी चेम्जोङ, धनकुटामा लीलाकुमारी केसी पाण्डे, ओखलढुंगामा प्रदर्शनी कुमारी, मनाङमा सुप्रभा खनाल ढुंगेल र अर्घाखाँचीमा मीना अर्याल महिला सिडिओ खटाइएको हो। धनकुटा, अर्घाखाँची र ओखलढुंगामा सहसचिवको दरबन्दी भए पनि उपसचिव सिडिओ खटाइएको हो।  

त्यस्तै, सहचिवहरुमा सुनसरीमा हुमकला पाण्डे, सिन्धुलीमा सुनिता नेपाल, बाग्लुङमा रोशनीकुमारी श्रेष्ठ र डोटीमा कल्पना श्रेष्ठ खटाइएको छ। आठ जिल्लाले पहिलोपटक महिला सिडिओ पाएको छ । 

सुनसरीमा पनि पहिलोपटक महिला सिडिओ बनेर हुमकला पाण्डे पुगेकी छिन् । उनी यही १६ माघदेखि त्यहाँको सिडिओमा कार्यरत छिन् । यसअघि उनी भक्तपुर र काभ्रेमा पनि सिडिओमा कार्यरत थिइन् । 

जितेन्द्र बस्नेत, प्रवक्ता, गृह मन्त्रालय: उहाँहरू लामो समय मन्त्रालय, विभागतिर हुनुहुन्थ्यो । मापदण्ड पुगेका र सक्षम महिला पनि सिडिओ बन्न सक्नुहुन्छ । पछिल्लो समय मन्त्रालयले सिडिओमा महिलाको प्रतिनिधित्वलाई प्राथमिकतामा राख्न खोजेको छ । यसले ‘जब रोटेसन’ र फरक अनुभव मात्र होइन महिलाहरूको नेतृत्व विकास र लैंगिक समानतामा पनि सहयोग पुग्छ ।

०४७ मा पहिलोपटक महिला सिडिओ बनेकी थिइन् उषा नेपाल सिडिओमा महिलाको प्रतिनिधित्व निकै कम छ । तर, ३२ वर्षअघि नै सिडिओ बनिसकेकी थिइन्, उषा नेपाल । बहुदलपछि ०४७ फागुनमा उनी भक्तपुरको सिडिओ बनेकी थिइन् । सिडिओमा महिलाको प्रतिनिधित्व भएको यो पहिलोपटक थियो । उनी ललितपुर, पर्सा, बाँके, सोलुखुम्बु र मुस्ताङको प्रमुख जिल्ला अधिकारी भइन् । निजामती सेवाबाट सेवानिवृत्तपछि उनी निर्वाचन आयोगको आयुक्तसमेत नियुक्त भएकी थिइन् । 

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...