News Portal

मोरङको रंगेलीमा प्रहरी श्रीमति संघ र नगरपालिकाको संयुक्त आयोजनामा एक दिने स्वास्थ्य शिविर सम्पन्न

हिमालीसंचार संवाददाता
१५८ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकामा स्थित १ नं प्रदेश प्रहरी श्रीमती संघले फर्साडाँगीमा रहेको पार्वती माध्यमिक बिधालयमा एक दिने बृहत नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । 

आयोजित शिविरमा दर्वेशा, दोहमना, सखुवाथान लगायत स्थानका बृद्ध, महिला, बालबालिकाहरुले स्वास्थ्य चेकजाँच गराएका थिए ।  १ नम्वर प्रदेश प्रहरी श्रीमती संघ र रंगेली नगरपालिकाको संयुक्त आयोजना तथा बिराट नर्सिङ होम प्राईभेट लिमिटेडको सहकार्यमा  आँखा, दाँत, प्रसुति सेवा,  छाला रोगहरुको उपचार गर्नुका साथै  प्रेसर र सुगरको समेत चेकजाँच गरिएको थियो । 

आयोजित कार्याक्रमको प्रमुख अतिथि नगर प्रमुख दिलीप बगडिया,  उप-प्रमुख भुमा पराजुली, १ नं प्रदेश प्रहरी श्रीमती संघका अध्यक्ष सिता ज्ञावली, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी  उपरीक्षक दिपक पोखरेल, इलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक शैलेश न्यौपाने र रंगेली नगरका विभिन्न वडाका वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । आयोजित शिविरमा करिब ३ सय जनाले स्वास्थ्य परिक्षण गराएका थिए। उक्त शिविरमा बिराट नर्सिङ अस्पतालका डाक्टरहरुले स्वास्थ्य परिक्षण गरेका थिए।

प्रतिकृया दिनुहोस्

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...

त्रिभुवन विमानस्थल भन्सारमा अख्तियारको छापा, घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा छापा मार्दै तीन...

कानुन निर्माणमा ढिलाइ हुँदा असन्तुष्ट बनेर महावीर पुनले छाडे मन्त्री पद : प्रधानमन्त्री

काठमाडौं, १९ माघ – प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले असन्तुष्टि जनाउँदै मन्त्री...

सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि घट्यो भाउ

काठमाडौं, १९ माघ – नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको...

आज २०८२ साल माघ १९ गतेको राशिफल

आज माघ १९, २०८२ ( फेब्रुअरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...