News Portal

गायक प्रदिप कार्कीको नयाँ गीत बजारमा आउँदै

हिमालीसंचार संवाददाता
२६७ पटक

पोर्चुगल पुस्तक रेग्मी – लामो समय देखि बेलायत बस्दै आएका गायक प्रदिप कार्कीले  फेरि नयाँ गीत बजारमा ल्याउने भएका छन्।
कार्य व्यस्तताले गर्दा सोचे जस्तो नियमित नयाँ गीत गर्न नसकेको तर अब सकेसम्म नियमित नयाँ गीत ल्याउने विचार रहेको बताए।

भर्खर  तीन वटा गीत  रेकर्डिङ्ग सकेर मिक्सिंगको क्रममा रहेको र अन्य केहि गीत तयारीको हुदै गरेको  पनि जानकारी दिए।

राजेन्द्र थापाको रचनामा पुरुषोत्तम न्यौपानेको संगीत अनि महाराज थापाको संगीत संयोजन रहेको गीत  सुमधुर लभ सङ रहेको र दर्शक श्रोतले मन पराउने कार्कीको विश्वास रहेको छ ।

तेस्तै अर्को गीत जीबन  भण्डारीको रचनामा सुभाष भुषालाको संगीत अनि पुरुषोत्तम सुबेदीको संगीत संयोजन रहेको  गीत पनि कार्कीले आफ्नो एकल स्वरमा  रेकर्ड सकेर मिक्सिंगको  लागि नेपाल पठाएको जानकारी दिए। दर्शक  श्रोतको हालको रुचिलाई ध्यानमा राख्दै यो गीतलाई डन्सिङ्ग नम्बरको रुपमा प्रस्तुत गर्न लागेको बताए।

साथै तेस्रो गीत गणेश सुबेदीको रचना अनि बिक्रम थापाको संगीत रहेको गीतमा संगीत संयोजन विशन मानन्धरको रहेको छ।  यी सबै गीतहरु गाएक कार्कीको एकल स्वरमा बेलायतकै स्टुडियोमा  रेकर्ड भएको हो।

अडियोको काम सकिनै लाग्दा गाएक कार्की म्युजिक भिडियोको तयारीमा लागेका छन्। केहि म्युजिक भिडियो डाइरेक्टरहरु संग कुरा भैरहेको भएता पनि सम्झौता भने कसै संग पनि भैनसकेको र   नेपाली गीत संगीतलाई माया गरि इमान्दार  भएर काम गर्ने डिरेक्टर, साथै कलाकार सबैलाई आफुसंग काम गर्न स्वागत गर्न चाहेको  र  इच्छुक व्यक्ति जो कोहिसंग पनि  कुरा गर्ने  र चित्त बुझे काम गर्न कुनै समस्या नभएको जानकारी दिए।

सबैको आ-आफ्नै महत्व हुने हुनाले  मिलेर काम गरे सहज हुने भएकोले नयाँ पुराना सबैसङ आफुले काम गर्ने कार्कीले बताए।

गीत संगीतमा रुचि भएकै कारण साठीको दशकको सुरु तिर  आविस्कार नामक  एकल एल्बम बजारमा ल्याएर औपचारिक यात्रा सुरु गरेका कार्कीको उत्त  एल्बममा स्व श्री रत्न बहादुर खड्गीको एकल संगीत रहेको थियो भने डा कृष्णहरि बराल, नरेन्द्रराज प्रसाई, डा गीता त्रिपाठी, लगाएतको रचना रहेको थियो।  सोहि एल्बममा दुइ वटा युगल गीत सपना श्री र चन्दा देवान संग गर्ने मौका मिलेको पनि जानकारी दिए।

तेस पछिको विदेश यात्राले उनको सांगीतिक  यात्रा केहि बर्ष रोकिन पुगे पनि संगीतको नशा बाट टाढा हुन नसकेको र उचित अबसरको पर्खाइमा रहेको बेला जब रमा सिंहको रचना अनि  कर्मा ग्यल्चेंको संगीतमा यो जिन्दगि बोलको गीत गाउने संयोग मिल्यो तेस्पछि फेरी उनको सम्पर्क सांगीतिक जगत संग जोडिन पुग्यो र यसै क्रममा धेरै रचनाकार, संगीतकार साथै मिडियाका साथीहरुसंग सम्पर्क हुन पाउदा सारै खुशी लागेको अनि  तेस पछि देश सम्झिदै मनको कुनामा  पोको परेर राखेको सांगीतिक रहर पुरा गर्ने निरन्तरताको  रुपमा दिपक शर्माको रचना अनि संगीत रहेको सुनैसुनको तिलहरी बोलको युगल गीत बेनिषा पौडेल संग गाएको  जुन गीतमा आकाश श्रेठ र उषा उप्रेतीले अभिने गरेका छन्।

दर्शक स्रोतबाट राम्रै प्रतिक्रिया पाए पाएको ले खुशी लागेको सुनाए।  गीपक शर्मा कै रचना अनि संगीतमा अर्को यौटा गीत पनि रेकर्ड भएर अडियो तयार भैसकेको पनि जानकारी दिए।

पचासको दशकमा डोरेमी संगीत पाठशालामा संगीत भए पनि तेस्पछी भने संगीत अध्ययनमा राम्रो समय दिन नसक्दा दुख लागे पनि आगामी दिनमा निरन्तरता दिने कार्कीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष पक्राउ

काठमाडौं — श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज दिउँसो...

आज २०८२ साल पुष २ गतेको राशिफल

आज पुष २, २०८२ (डिसेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चन्द्र थापा धादिङ प्रतिनिधि सभा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

धादिङ — नेपाली कांग्रेस धादिङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको...

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...