News Portal

मोरङको रंगेलीमा मिनिल्याण्ड बोर्डिङ स्कुलले स्पोर्टस् मिट प्रतियोगिता सम्पन्न गऱ्यो

हिमालीसंचार संवाददाता
२६८ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-७ मा रहेको मिनिल्याण्ड बोर्डिङ स्कुल रंगेलीले बिधालयमा अध्ययनरत विधार्थीहरुलाई खेलकूदको आयोजना गरी भव्य सम्पन्न गरेको छ।

विद्यालयले हरेक वर्ष आफ्ना विधार्थीहरुलाई पढाइको अलवा अतिरिक्त विभिन्न खेलकूद तथा क्रियाकलापमा सामेत गराउदै आएको छ। यस्ता खेल आगामी दिनहरुमा समेत निरन्तरता दिने र विद्यार्थीको चौतर्फी हित र प्रतिभा प्रस्फुटनमा टेवा पुर्‍याउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको विधायलयले जनाएको छ।

विद्यार्थीको तह र कक्षागत आधारमा खेलकूद सञ्चालन गरेका थिए । नर्सरीदेखि १० कक्षासम्मका बिधार्थीहरुलाई स्पोर्टस मिट खेलमा १ सय  र २ सय मिटर दौड, हाईजम्प, लङ्कजबी,  रिले, भित्र बाहिर, हिसाब दौंड र सियो धागो लगायतका खेलको आयोजना गरेका थिए ।

आयोजित प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।बिधालयले मोरङ प्याब्सनले माघ ६ देखि ८ गतेसम्म मोरङ  प्याव्सन विराटनगरमा भएको स्पोर्टस् मिट खेलमा रंगेली नगरपालिकाबाट विभिन्न बिधालयहरुको सहभागिता रहेको मध्ये  मिनिल्याण्ड ईङ्गलिश बोर्डिङ्ग स्कूलले समेत ८ सय मिटर दौडमा कक्षा ९ मा अध्ययनरत छात्र सन्तोष सहनी, दुई सय  किलोमिटर दौडमा कक्षा ११ मा अध्ययनरत छात्र दिपक सरदार र हाई जम्पमा कक्षा ९ मा अध्ययनरत छात्रा जेसिका विष्टले तीन स्वर्ण जित्न सफल भएको थियो। 

खेलकूदमा बिधार्थीहरुले आगामि दिनमा समेत थप खेललाई अग्रस्थान राख्दै जान सक्ने विश्वास बिधालयको प्रिन्सिपल बिकर्ण कार्कीले बताए। विद्यालयले लिएको त्रैमासिक परीक्षाको नतिजा समेत सार्वजनिक गर्दै खेलकूद आयोजना गर्नुका साथै पढाइमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो। 

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...