News Portal

किरात राई यायोक्खा मकाउको फेब्रुअरी १९ तारिख महाधिवेशन, आवश्यक सम्पूर्ण तयारी पुरा

हिमालीसंचार संवाददाता
३३० पटक

मकाउ – चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा गठीत किरात राई यायोक्खा मकाउले तेस्रो महाधिवेशन आगामी फेब्रुअरी १९ तारिख गर्ने भएको छ। किराया मकाउले आवश्यक सम्पूर्ण तयारी पुरा गरेको छ।

किरात राई यायोक्खा मकाउले तेस्रो महाधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा गरेको संस्थाका सचिव प्रजोत हाङखिम राईले हिमालीसंचारडटकमसंग बताए। सचिव राईका अनुसार आन्तरिक सम्पूर्ण तयारी सकेर अधिवेशन स्थान समेत तोकिएको जानकारी दिए। 

किरात राई यायोक्खा मकाउले विश्वमा कोरोना महामारीका कारण अधिवेशन सम्पन्न गर्न केहि प्राविधिक समस्या रहेको समयमा केहि बिलम्ब भयो। तर, कोभिड – १९ को जोखिम  हटेको मकाउ सरकारले संकेत दिएसंगै किराया मकाउले अधिवेशन गर्न लागेको हो। 

किराया मकाउका सचिव राईले टाउन वेल रेष्टुरेन्ट सानमालो स्थित अधिवेशन गर्न लागेको समेत जानकारी दिए। फेब्रुअरी १९ तरिख आइतबार साझ ५ बजेदेखि कार्यक्रम हुने जानकारी दिएका छन्। 

किराया मकाउका कार्यवाहक अध्यक्ष केशव राईले तोकिएको स्थान, समय र मितिमा कार्यक्रम हुने निश्चित भएको बताए। ‘मकाउमा रहनु हुने किरात राई दाजुभाई तथा दिदिबहिनीहरुमा विशेष उपस्थितिको लागि हार्दिक चुल्हो निम्तो छ।’ किराया मकाउ तपाई हामी किरात राई समुदायको मातृ संस्था भएको हुदा सबैले आपनत्व ग्रहण गर्नु पर्दछ। संगठीत भएर आवश्यक सल्लाह, सुधाव र सुधारका विषयमा गहण छलफल दिन हुन समेत अनुरोध गरेका छन्। 

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...