News Portal

  • धरान-२० कालिमाटी स्थित सेच्छ एडभेन्चर खुल्यो (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ११४ पटक

    धरान – धरान उपमहानगरपालिका धरान-२० स्थित कालीमाटीमा सेच्छ एडभेन्चर पार्कमा आगामी माघ २४ गतेदेखि १५ दिनसम्म एडभेन्चर फेस्टिवल आयोजना हुने भएको छ ।

    सेच्छ एडभ्येन्चर सञ्चालक वासुदेव वराल र एलिना मगरले बिहिबार पार्कमा पत्रकार सम्मेलन गर्दै सेच्छ एडभेन्चरले उक्त क्षेत्रमा विशेष फेस्टिवल आयोजना गर्ने जानकारी दिए। उनीहरुका अनुसार फेस्टिवल अवधिमा १० देखि १०० प्रतिशतसम्म नै छुटको व्यवस्था रहेको जानकारी दिए। आगामी माघ २४ गतेदेखि फागुन ९ गतेसम्म फेस्टिवल आयोजना हुने छ। पर्यटकहरु सेच्छमा घुम्न आउदा जुन खेलको टिकट काटेका हुन्छन्, त्यसमा कुपन पनि तुरुन्तै तान्न पाउने व्यवस्था छ। सेच्छ पार्कमा प्रवेश शुल्क ५० रुपैया रहने छ। सेच्छका हरेक खेलहरु न्युनतम २ सय रुपैयादेखि शुरु हुने समेत जानकारी दिए। 

    सेच्छ पार्क गतबर्षदेखि नै सञ्चालनमा आएको हो। यस पार्कमा प्रमुख आकर्षणकोरुपमा जिपलाइन र साइकिलिङ रहेको छ।  यस्तै, पचास पचास फिटको ३ प्रकारको ह्याङगिङ ब्रिज रहेको छ । पार्कमा थप नया साहसिक खेलमा रसियन सर्कल, ३६० डिग्रीमा घुम्ने साइकल र चिल्ड्रेन पार्क समेत थपिएको छ। यो स्नेक खेल नेपालमै पहिलो पटक राखिएको संचालक बरालले जानकारी दिए। 

    यस्तै, यस बर्षदेखि थारु समुदायको साँस्कृतिक पहिरन  र ऐतिहासिक राजारानीको पहिरन समेत रहेको छ। उक्त पहिरन लगाएर फोटो खिच्न र घुम्न पाउने व्यवस्था समेत गरिएको सञ्चालक बरालले जानकारी दिए । 

    त्यस्तै, सेच्छ पार्कमा सय जना क्षमताको रेष्टुरेन्ट सञ्चालनमा आइसकेको छ । जहाँ कफी, खाजाको सेट, सेकुवालगायत परिकारहरु उपलब्ध रहने समेत संचालक बरालले बताए। हालसम्म साढे ६ करोड बढी लगानी भइसकेको पार्कमा अझै ४ करोडको लगानी गर्नुपर्ने योजनाहरु रहेको सञ्चालक बरालले बताए । संचालित पार्कको क्षेत्रफल ४ बिघा रहेको छ । निकट भविष्यमा रिसोर्ट, गेमिङ जोन र पिकनिक स्पट पनि बनाउने योजना रहेको सञ्चालक बरालले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...