News Portal

धरान-२० कालिमाटी स्थित सेच्छ एडभेन्चर खुल्यो (भिडियो सहित)

हिमालीसंचार संवाददाता
१४७ पटक

धरान – धरान उपमहानगरपालिका धरान-२० स्थित कालीमाटीमा सेच्छ एडभेन्चर पार्कमा आगामी माघ २४ गतेदेखि १५ दिनसम्म एडभेन्चर फेस्टिवल आयोजना हुने भएको छ ।

सेच्छ एडभ्येन्चर सञ्चालक वासुदेव वराल र एलिना मगरले बिहिबार पार्कमा पत्रकार सम्मेलन गर्दै सेच्छ एडभेन्चरले उक्त क्षेत्रमा विशेष फेस्टिवल आयोजना गर्ने जानकारी दिए। उनीहरुका अनुसार फेस्टिवल अवधिमा १० देखि १०० प्रतिशतसम्म नै छुटको व्यवस्था रहेको जानकारी दिए। आगामी माघ २४ गतेदेखि फागुन ९ गतेसम्म फेस्टिवल आयोजना हुने छ। पर्यटकहरु सेच्छमा घुम्न आउदा जुन खेलको टिकट काटेका हुन्छन्, त्यसमा कुपन पनि तुरुन्तै तान्न पाउने व्यवस्था छ। सेच्छ पार्कमा प्रवेश शुल्क ५० रुपैया रहने छ। सेच्छका हरेक खेलहरु न्युनतम २ सय रुपैयादेखि शुरु हुने समेत जानकारी दिए। 

सेच्छ पार्क गतबर्षदेखि नै सञ्चालनमा आएको हो। यस पार्कमा प्रमुख आकर्षणकोरुपमा जिपलाइन र साइकिलिङ रहेको छ।  यस्तै, पचास पचास फिटको ३ प्रकारको ह्याङगिङ ब्रिज रहेको छ । पार्कमा थप नया साहसिक खेलमा रसियन सर्कल, ३६० डिग्रीमा घुम्ने साइकल र चिल्ड्रेन पार्क समेत थपिएको छ। यो स्नेक खेल नेपालमै पहिलो पटक राखिएको संचालक बरालले जानकारी दिए। 

यस्तै, यस बर्षदेखि थारु समुदायको साँस्कृतिक पहिरन  र ऐतिहासिक राजारानीको पहिरन समेत रहेको छ। उक्त पहिरन लगाएर फोटो खिच्न र घुम्न पाउने व्यवस्था समेत गरिएको सञ्चालक बरालले जानकारी दिए । 

त्यस्तै, सेच्छ पार्कमा सय जना क्षमताको रेष्टुरेन्ट सञ्चालनमा आइसकेको छ । जहाँ कफी, खाजाको सेट, सेकुवालगायत परिकारहरु उपलब्ध रहने समेत संचालक बरालले बताए। हालसम्म साढे ६ करोड बढी लगानी भइसकेको पार्कमा अझै ४ करोडको लगानी गर्नुपर्ने योजनाहरु रहेको सञ्चालक बरालले बताए । संचालित पार्कको क्षेत्रफल ४ बिघा रहेको छ । निकट भविष्यमा रिसोर्ट, गेमिङ जोन र पिकनिक स्पट पनि बनाउने योजना रहेको सञ्चालक बरालले बताए ।

प्रतिकृया दिनुहोस्

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...

त्रिभुवन विमानस्थल भन्सारमा अख्तियारको छापा, घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा छापा मार्दै तीन...

कानुन निर्माणमा ढिलाइ हुँदा असन्तुष्ट बनेर महावीर पुनले छाडे मन्त्री पद : प्रधानमन्त्री

काठमाडौं, १९ माघ – प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले असन्तुष्टि जनाउँदै मन्त्री...

सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि घट्यो भाउ

काठमाडौं, १९ माघ – नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको...

आज २०८२ साल माघ १९ गतेको राशिफल

आज माघ १९, २०८२ ( फेब्रुअरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...