News Portal

मालपोत कार्यालय नसार्न संधीय लिम्बुवान मञ्ज नेपालले गऱ्यो खबदारी कोणसभा (भिडियो सहित)

हिमालीसंचार संवाददाता
२४५ पटक

धरान – धरान उपमहानगरपालिका धरानमा रहेको मालपोत कार्यलयमा  धरान -६ पानमारी सर्ने भएपछि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले हिजो बुधबार मालपोत कार्यालय धरान-१४ स्थित यथावत कायम रहनु पर्ने माग सहित खबरदारी कोणसभा गरेको छ। 

संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष अमर इजम लिम्बुका अनुसार मालपोत कार्यालयमा दुई पटक ज्ञयापनपत्र बुझाउदा पनि सम्बन्धित निकायले कुनै पनि जवाफ दिएको छैन। उनले भने धरानमा रहेका १४ वटा सरकारी कार्यालयहरु धरानबाट स्तान्तरण गकिएको छ। 

यस बिषयमा स्थानीय सरकार र धरानका ठुला दलका नेताहरुले पनि चासो नदेखाउदा अहिले घुसिया नेताहरुकै मिलेमतोमा धरानबाट कार्यालयहरु एकापछि अर्को सर्नुको पछाडि कार्यालयका हाकीमहरुको समेत मिलेमतोमा घुस खाएर भित्रभित्रै मिटिङ्ग बसेर स्थानीय सरकार र धरानका जनताले थाहा नपाई अन्य ठाउँमा कार्यालय सार्ने गरेको बताए । उनले भने धरानका चोकहरुमा अब मुर्तिमात्रै रहेका छन। 

धरानका सरकारी कार्यालय किन धरान बाहिर जान्छन यस बिषयमा उनले खोजी गर्ने बताए । धरानमा अहिले मुर्ती हेरेर सुर्ती खाने दिन आएको बताएका छन। भित्रभित्रै यस्ता भवनहरु बनाउने अनि सर्ने वेलाकिन विरोध गर्ने भनेको सुनिन्छ। पानवारी मातपोत कार्यालय लागि उचीत र सुरक्षीत स्थान नभएकाले विकास गर्नका लागि कार्यालय सारेर मात्रै विकास नहुने, ईमानदार भएर सबै सरकारी कार्यालय कर्मचारीले काम गरे देश आफै विकास हुने उनको तर्क छ । 

पानवारीमा रहेको उक्त भवनमा १० आईसु वेट भएको नगर हस्पिटल बनाउदा भयो अर्थात प्रहरी चौकी बनाएर केरावारी मोरङबाट लुकाएर धरान आउने लागुओैषध चेकजाँचलाई कडाई गरि त्यस भवनलाई अन्य कार्यालय बनाउन सकिन भन्दै मालपोत कार्यालय धरान बाहिर जाननदिने मालपोत रोकनलाई जस्तोसुकै परिस्थितिमा पनि पछि नहटने उनले  बताए ।                                        

लिम्बूवान संघीय दलित संघका अभियन्ता रमेश गजमेरले धरान जस्तो ठाउँमात सुरक्षाको दृष्टिकोणले हेर्ने हो भने समस्या निकै छ। मालपोतमा पैसाको कारोबार धेरै हुने भएकाले धरानदेखि पानवारी जंगलको बाटो जादा सुरक्षा नहुने, कुनै पनी समयमा अप्रिय धटना धट्ने सम्भावना धेरै हुदा धरानभरीका १७ वटा वडालाई समस्या पर्ने गरि पानवारीको विकासहुने आश्वासन देखाएर रातारात घुस खाएर मालपोत कार्यालय सार्ने नमिल्ने उनको धारणा थियो। 

संघकी महिला उपाध्यक्ष सरस्वती सुब्बाले मालपोत धरानबाट सर्नु भनेको धरानको १७ वटा वडा जोखिममा पर्नु हो विकासको लागि मालपोत कार्यालय सार्ने लागेको भए किन मालपोत जस्तो सरकारी कार्यालय सार्ने अरुपनि विकास गर्ने थुप्रै पाटाहरु रहेका छन्। स्थानीय सरकारसंग किन त्यस विषयमा छलफल हुदैन ।

धरानबाट जंगलको बाटो जग्गाको काम गर्ने जाने महिला दिदीबहिनीहरुलाई सुरक्षा समेत नहुने हुदा मालपोत कार्यालय सर्नु उचित हुन्न। त्यस्तै, लामो दुरीकोबाट पैसा वोकेर जंगलको बाटो  हिड्ने अवस्थामा जोखिम हुने भएकाले कार्यालय सार्न उचित नहुने उनको तर्क छ । पानवारीको जंगलमा पहिले पनि थुप्रै चोरीपैठारी हुने गरेकाले मालपोत नापी कार्यालय जस्तो सम्वेदनशील सरकारी कार्यालय पानमारीको विकास गर्ने बाहानमा घुस हात पर्ने मिलेमतोमा कार्यालय सार्ने नमिल्ने बताईन।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...