News Portal

धरानमा दोस्रो प्रदेश स्तरीय अल्फाविटा महिला पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिता हुदै (भिडियो सहित)

बिकास चाम्लिङ राई
३७१ पटक

बिकास चाम्लिङ राई/धरान – धरानमा दोस्रो प्रदेश स्तरीय अल्फाबिटा अन्तर कलेज छात्रछात्रा बास्केटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी फागुन ५ गतेदेखि १२ गतेसम्म आयोजना हुने भएको छ । 

सोही प्रतियोगितासँगै पूर्व बास्केटबल खेलाडी तथा गायक प्रकाश पौडेलको प्रायोजनमा “थ्री-पोइन्ट” प्रतिस्पर्धा समेत हुने जानकारी गराइएको छ । 

छात्रतर्फ १२ टिम र छात्रातर्फ ८ टिम सहभागी हुने प्रतियोगितामा धरान, झापा, मोरङ, इलाम, उदयपुर, धनकुटालगायतका जिल्लाबाट प्रतिनिधित्व हुने प्रतियोगिताका संयोजक विकास चाम्लिङ राईले जानकारी दिए । 

बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै धरान बास्केटबल एशोसिएसन प्रतियोगिताले बास्केटबल खेल र खेलाडीलाई व्यावसायिक बनाउन सहयोग पुर्याउने जानकारी दिएको छ । प्रतियोगिताका छात्रतर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने समेत आयोजकले जानकारी दिए। 

छात्रातर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।  प्रतियोगिताका उत्कृष्ट खेलाडी, हाइस्कोरर र उदयीमान खेलाडीले दुबै विधातर्फ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। प्रतियोगिताको थ्री-पोइन्ट स्पर्धातर्फ दुबै विधाका विजेताले नगद ३ हजार जनही प्राप्त गर्नेछन् । 

धरानस्थित शैक्षिक परामर्श केन्द्रका रुपमा स्थापित अल्फाबिटाले प्रदेश स्तरीय यो प्रतियोगिताको प्रायोजन गरेको छ भने महिलातर्फको रनर अपको प्रायोजन पूर्व खेलाडी महेश श्रेष्ठले नगद १० हजार प्रदान गरेका छन् भने थ्री-पोइन्टको प्रायोजन पूर्व बास्केटबल खेलाडी तथा गायक प्रकाश पौडेलले गर्ने भएका छन् ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...