News Portal

धरान मेघा हिमालयन कलेजले च्याम्पिन विद्यार्थी र प्रशिक्षकलाई सम्मान गऱ्यो

हिमालीसंचार संवाददाता
५३५ पटक

बिकास चाम्लिङ राई/धरान – धरान उपमहानगरपालिका धरान-१२ स्थित धरान मेघा हिमालयन कलेजले विभिन्न प्रतियोगितामा विजेता आफ्नो विद्यार्थी खेलाडि तथा प्रशिक्षकहरुलाई सम्मान गरेको छ ।

धरान मेघा हिमालयन कलेजले मंगलवार एक कार्यक्रमको आयोजना गरि कलेजका विद्यार्थीहरु माझ खेलाडि र प्रशिक्षकहरुलाई सम्मान गरेका हुन् । कलेजले भर्खरै सम्पन्न हिसान स्पोर्टस मिटमा आयोजना भएका बास्केटवलका पुरुष टिम बिजेता तथा महिला टिम उपविजेता, फुटवल खेल विजेता, टेवलटेनिस विजेता, भलिवल तर्फ उपविजेता पुरुष टिम, वक्तित्वकला दास्रो, व्याडमिन्टनमा तोस्रो र नृत्य तर्फका चौथो हुने विद्यार्थीहरुलाई सम्मान गरेका हुन । 

त्यस्तै, किरात नया वर्ष ५०८३ को अवसरमा आयोजित यलेदोङ ओपन बास्केटवल च्याम्पियन महिला बास्केटवल टिम, होलिल्याण्ड बास्केटवल च्याम्पियन पुरुष टिम, एन-प्याव्सन बास्केटवल च्याम्पियन पुरुष टिम, मेयर कप फुटवल च्याम्पियन, अखिल फुटवल कप च्याम्पियन, धरान उपमहानगर वक्तित्वकला च्याम्पियन, सुनौलो पुस्तकालय वक्तित्वकला दोस्रो हुने खेलाडिहरुलाई सम्मान गरेका थिए ।

कलेजले खेलाडिसंगै प्रशिक्षकहरुमा बास्केटवल प्रशिक्षक विवेक श्रेष्ठ, फुटवल प्रशिक्षक खेम गुरुङ, व्यवस्थापक विवेक पाण्डे, भलिवल प्रशिक्षक तुलाराम राई र नृत्य प्रशिक्षक दिवस श्रेष्ठलाई कदर पत्र प्रदान गरिएको थियो। उनीहरुलाई कार्यक्रमका सभाध्यक्ष धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्बु, प्राचार्य भाष्कर पौडेल, एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे, म्यानेजमेन्ट कोअर्डिनेटर चन्द्र वनेम लगायतले अविर र खदा लगाएर सम्मान गरेका थिए ।

आयोजित कार्यक्रममा विजेता तथा उपविजेता खेलाडिहरुले कलेज र विद्यालयका विद्यार्थीहरुलाई आफुले जितेका ट्रफी र मेडल प्रर्दशन गर्दै खुशियाली मनाए । मेघा कलेजले शिक्षा संगै विद्यार्थीको इच्छा र क्षमता अनुसार अतिरिक्त क्रियाकलापलाई पनि उति नै महत्वका साथ अघि लाने अध्यक्ष कैलाश लिम्बुले बताए। मानव जीवनमा शिक्षा र स्वास्थ्य अनिवार्य रहेकोले खेलकूदले स्वास्थ्य रहन सहयोग पुऱ्याउने समेत बताए ।

प्रतिकृया दिनुहोस्

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...

त्रिभुवन विमानस्थल भन्सारमा अख्तियारको छापा, घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा छापा मार्दै तीन...

कानुन निर्माणमा ढिलाइ हुँदा असन्तुष्ट बनेर महावीर पुनले छाडे मन्त्री पद : प्रधानमन्त्री

काठमाडौं, १९ माघ – प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले असन्तुष्टि जनाउँदै मन्त्री...

सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि घट्यो भाउ

काठमाडौं, १९ माघ – नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको...

आज २०८२ साल माघ १९ गतेको राशिफल

आज माघ १९, २०८२ ( फेब्रुअरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...