News Portal

धरानमा पाँचौ पुष्प व्यापार प्रदर्शन मेला हुदैं, पाँच सय भन्दा बढी प्रजातिका विरुवाहरुको प्रदर्शन हुने (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३७४ पटक

धरान – “घर आगन होस् या सडक किनारा, रोपी स्वदेशी फूल विरुवा वनाउ प्रदेश हराभरा” भन्ने मुल नाराका साथमा प्रदेश नं. १ स्तरीय धरानमा पाँचौ पुष्म व्यापार प्रदर्शन हुन लागेको छ।

धरानमा पाँचौ पटक आयोजना हुन लागेको प्रदेश नं. १ स्तरीय पुष्प प्रदर्शनी मेला २०७९ धरानको पब्लिक हाई स्कुलमा आगामी माग २५ गतेदेखि २९ गतेसम्म लगातार पाँच दिनसम्म प्रदर्शन हुन लागेको हो। 

गत बर्ष प्रदेश नं. १ को सुन्दर नगरी धरानमा नै पुष्प व्यापार प्रदर्शन भएको थियो। उक्त प्रदर्शनीमा स्वदेशी पुष्प व्यापारको उपभोक्ताहरुले अपेक्ष भन्दा राम्रो उत्साहजनक सहभागिता सहित अभिरुचिपूर्वक अवलोकन गरेका कारण यस बर्ष पनी पुष्प व्यापार प्रदर्शनी आयोजना गर्न लागेको अध्यक्ष खगेन्द्र पोख्रेलले जानकारी दिए। 

पुष्प व्यवसायको विकास, विस्तार र प्रवद्धर्नमा निरन्तर क्रियाशील बन्दैं गत ०४९ कार्तिक ३० गते स्थापना गरिएको फ्लोरिकल एशोसिएसन नेपालले पुष्प व्यवसायको व्यसायिक प्रवर्द्धनका लागि निरन्तर क्षेत्रिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय पुष्प प्रदर्शनी व्यापार मेलाहरुको आयोजना गर्दै आएको समेत जानकारी दिएका छन्। 

प्रदेश नं. १ सरकार र धरान उपमहानगरपालिकाको सहयोगमा आगामी माघ २५ गतेदेखि माघ २९ गते लगातार ५ दिने पाँचौ प्रदेश नं. १ स्तरीय पुष्प प्रदरिशनी व्यापार मेला पर्यटकीय तथा सुन्दर नगरी धरानको पब्लिक हाइ स्कुलको खेल मैदानमा संचालन गर्न लागेको हो। 

पुष्प प्रदर्शनी मेलामा अफिसियल स्टल १ वटा, प्रतिस्पर्धाका लागि १ वटा र ४८ वटा व्यावसायीक स्टल गरी ५० वटा स्टलहरु रहने फ्यानका अध्यक्ष पोख्रेलले जानकारी दिए। मेलमा मौसमी फूल,आलंकारीक बोटविरुवा, सुनाखरी, कम्पोष्ट मल, विउविजन, कृषि औजार-उपकरण र विषादीहरु विक्री स्टलहरु रहने समेत गरी ५ सय भन्दा बढी प्रजातीका विरुवाहरु प्रदर्शनी हुने जानकारी दिए। 

नेपालमा विस २०११ सालदेखि सामान्य रुपमा शुरु गरिएको पुष्प व्यवसाय ६९७ नर्सरी स्थापना, ६५ बढी पुष्प व्यवसायीहरुबाट करिब साढे २ अर्वको बार्षिक कारेबार हुने गरेको व्यवसायीमा ४० करोड बराबरको लगानी हुने गरेको छ।  पुष्प व्यवसायबाट २ हजार जना व्यक्तिहरुले रोगजार प्राप्त गरेका समेत जानकारी दिए। 

धरानमा हुन लागेको पुष्प व्यापार मेलाबाट ५० हजार दर्शक तथा उपभोक्ताहरुले प्रत्येक्ष अवलोकन गर्ने साथै ७० लाख व्यवसायक कारोबार हुने अपेक्षा गरिएको प्रदर्दशनी मेला संयोजक रामकुमार राई (युमिनहाङ राई)ले जानकारी दिए। 

पुष्प व्यापार मेलाको दोस्रो दिन सयपत्री फूलको उत्पादन वृद्धि सम्बन्धि धरान उपमहानगरपालिकाको सिफारिसमा प्रत्येक वडाबाट तीन जनालाई प्रशिक्षण गर्ने कार्यक्रम रहेको समेत जानकारी दिए।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...

त्रिभुवन विमानस्थल भन्सारमा अख्तियारको छापा, घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा छापा मार्दै तीन...

कानुन निर्माणमा ढिलाइ हुँदा असन्तुष्ट बनेर महावीर पुनले छाडे मन्त्री पद : प्रधानमन्त्री

काठमाडौं, १९ माघ – प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले असन्तुष्टि जनाउँदै मन्त्री...

सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि घट्यो भाउ

काठमाडौं, १९ माघ – नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको...