
धरान – धरान उपमहानगरपालिका धरानमा पहिलो पटक धरान एक्स्टिम अफरोड प्रतियोगिता २०२३ आयोजना हुने ट्राथोलन धरानले जानकारी दिएका छन्।
आगामी फागुन २० गते धरान एक्स्ट्रीम अफरोड द्धवाथलन २०२३ प्रतियोगिता हुने ट्राथोलन धरानले जानकारी दिएका हुन्। ट्रायथलन प्रतियोगिता गर्नका लागि धरानमा ठुलो पोखरी अभावका कारण द्धवाथलन प्रतियोगिता मात्र गर्न लागेको अध्यक्ष डा. समिर चौधरीले जानकारी दिए ।
आयोजकका अनुसार द्धवाथलनमा निश्चित दुरीमा साइक्लिङ र दौड प्रतियोगिता हुने छ । यो प्रतियोगिताले शारीरिक तथा मानसिक विकासमा मद्दत पुर्याउने उनको विश्वास रहेको छ। उक्त प्रतियोगिता धरान-१६ स्थित रंगशालाबाट शुरु हुने समेत जानकारी दिए।
दर्ताका लागि माध ११ गतेबाट खुल्ला हुने छ। दर्ता शुल्क ५०० रहेको समेत आयोजकले जानकारी दिए। प्रतियोगितामा नेपालभरका महिला तथा पुरुष २ सय जना बढी खेलाडीहरुले सहभागिता जनाउने आयोजकले जानकारी दिएका छन्।
उक्त प्रतियोगितामा प्रथम, दोस्रो (महिला तथा पुरुष)लाई ३५ हजार २५ हजार र १५ हजार साथै जुनियर १० हजार ८ हजीर र ६ हजार नगद पुरस्कार र मेडल, प्रमाण पत्र प्रदान गरिने समेत जानकारी दिए।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
