धनकुमार राई/धनकुटा – धनकुटा महोत्सव गत माध ६ गतेदेखि जारी धनकुटा महोत्सवमा हिजो भएको अनियन्त्रित भीड दुर्धटनाले गम्भीर घाइते भएका बच्चाहरुको वीपी कोइराला स्वास्था विज्ञाप प्रतिष्ठान धरानमा उपचार दुइ जना विराटनगर लगिएको छ।
आयोजकको असावधानीले गर्दा भएको भागदौडमा ३० जना भन्दा धेरै घाइते भएका छन् भने दुइ जना बच्चा गम्भीर अबस्थामा रहेका श्रोतले बतायो। हिजो शनिबार धनकुटा महोत्सवमा चर्चित गायक प्रमोद खरेल धनकुटा महोत्सव आउँदा अत्याधिक भीडका कारण दुर्धटना हुन पुगेको हो।
भागडौड हुदा ३० जना घाइते भएका मध्ये २ जनाको बालकको अबस्था चिन्ताजन रहेको मध्ये १६ जनाको उपचार वीपी प्रतिष्ठान धरानमा उपारका लागि ल्याइएको थियो । ६ जना बालकको बच्चा इमरजेन्सी डिपार्टमेन्ट वीपी प्रतिष्ठानमा उपचार भइरहेको छ।
उक्त घटनापछि जिल्ला प्रशासन कार्यालय धनकुटाले तत्कालै महोत्सव बन्द गर्न निर्देशन दिएको श्रोल बतायो । प्रशासनको आदेशपछि अन्योलमा रहेको आयोजक उद्योग बाणिज्य संघ भने दिउँसो महोत्सव संचालन गर्ने पक्षमा रहेको बुझिएको छ।
धनकुटा निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले अहिलेको अवस्थामा महोत्व गराउन उचित नभएको बताइन् । ‘अहिलेको अवस्थामा महोत्सव गर्न दिनु राम्रो होइन । त्यसकारण सर्वदलीय बैठक बोलाएका छौं । आजदेखि महोत्सव बन्द गर्छौ’ सर्वदलीय बैठकपछि मेला सम्बन्धि आवश्याक निर्णय लिने बताईन्।