News Portal

  • २३औं टुबोर्ग गोधुली फुटबल रनिङ कप धरान – १७ ले उचाल्यो उपाधि (फोटो फिचर)

    हिमालीसंचार संवाददाता
    ५१८ पटक

    धरान – धरान उपमहानगरपालिका धरान-१६ स्थित रंगशाला फुटबल खेल मैदानमा गत पौंष ३० गतेदेखि निरन्तर संचालन हुदै आएको २३औं टुबोर्ग गोधुली फुटबल रनिङ कपको उपाधि धरान १७ को टोलीले फेरी उचालेको छ।

    प्रतियोगिताको अन्तिम दिन धरान उपमहानगरपालिका धरानका मेयर हर्क साम्पाङ प्रमुख अतिथि, उपप्रमुख अइन्द्र विक्रम बेधा  एवम् एन्फाका मानार्थ उपाध्यक्ष किशोर राई लगायतका महानुभावहरु अतिथिका रुपमा उपस्थित माझ धरान -१५ र धरान -१७ विच प्रतिस्पर्धा भएको थियो। 

    आज शनिबार सम्पन्न भएको फाइनल खेलमा धरान वडा नं. १५ र धरान वडा नं. १७ विच बडो रोचक र प्रतिस्पर्धात्मक भएको खेलमा पहिलो हाफमा १-१ गोल बराबरी हुदै खेल रोचक र प्रतिस्पर्धा भएको थियो। 

    खेलको दोस्रो हाफमा धरान वडा नं. १७ का सौजन राईले थप अर्के गोल गर्दै खेललाई अग्रता दिलाएका थिए। धरान-१५ र धरान -१७ विचको खेलमा २–१ गोल अन्तरले हराउदै वडा १७ चौथो पटक च्याम्पियन बन्यो। धरान वडा नं. १७ ले नगद १ लाख ५० हजार, ट्रफी र मेडल पुरस्कार प्राप्त गरेका थिए । उपविजेता धरान वडा १५ ले नगद ७५ हजार, ट्रफी र मेडल प्राप्त गरे छ । विजेता तथा उपविजेता दुवै टिमलाई धरान वडा नं. १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) र उनका वुवा ध्यानबहादुर राईले नगद २५/२५ हजार पुरस्कार थप पुरस्कार राशी प्रदान गरेको आयोजकले जानकारी दिए। 

    प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी वडा १७ का सविन राई घोषित भए उनले नगद १५ हजार प्राप्त गरेका थिए। प्रतियोगितामा ६ गोल गरेका वडा १४ का सरोज राईले हाइ स्कोरको पुरस्कार नगद ७ हजार ५ सय प्राप्त गरेको थिए। बेष्ट डिफेन्स धरान १७ का सौजन राई, बेष्ट गोल किपर धरान १७ का सुजन राई, बेष्ट मिडफिल्डर धरान १७ का सुशिल राई, बेष्ट स्ट्राइकर धरान १७ कृष्ण राई, बेष्ट कोच धरान १७ का योगेन राई, राइजिङ प्लेयर धरान १७ का साहिल राई घोषित भए । म्यान अफ द म्याच धरान १५ का नगेन राईले प्राप्त गरेका थिए। उनीहरुले जनही ५ हजार ५ सय र ट्रफी प्राप्त गरेका थिए।

    त्यस्तै, आयोजकले औजार दैनिकका पत्रकार केदार बस्नेतलाई स्वर्गीय सुवास राई स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरेका छन्। उनलाई नगद ५ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो। 

    टुबोर्ग वियरले मुख्य प्रायोजन र धरान -१७ र धरान १७ समाज हङकङ र सेन्ट जोसेफ स्कुलले सहप्रायोजन गरेको फुटबल खेलमा धरान उपमहानगरपालिका धरानका सबै वडाको सहभागिता रहेको आयोजकले जानकारी दिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...

    सभामुख घिमिरेद्वारा कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन निर्देशन

    काठमाडौं, साउन ३० – संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी त्रुटि उजागर गर्ने संसदीय छानबिन...

    दरभंगा विश्वविद्यालयको नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक पक्राउ, ६ महिनाको जेल सजाय

    काठमाडौं, साउन ३० – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको प्रकरणमा विशेष...