News Portal

२३औं टुबोर्ग गोधुली फुटबल रनिङ कप धरान – १७ ले उचाल्यो उपाधि (फोटो फिचर)

हिमालीसंचार संवाददाता
५८१ पटक

धरान – धरान उपमहानगरपालिका धरान-१६ स्थित रंगशाला फुटबल खेल मैदानमा गत पौंष ३० गतेदेखि निरन्तर संचालन हुदै आएको २३औं टुबोर्ग गोधुली फुटबल रनिङ कपको उपाधि धरान १७ को टोलीले फेरी उचालेको छ।

प्रतियोगिताको अन्तिम दिन धरान उपमहानगरपालिका धरानका मेयर हर्क साम्पाङ प्रमुख अतिथि, उपप्रमुख अइन्द्र विक्रम बेधा  एवम् एन्फाका मानार्थ उपाध्यक्ष किशोर राई लगायतका महानुभावहरु अतिथिका रुपमा उपस्थित माझ धरान -१५ र धरान -१७ विच प्रतिस्पर्धा भएको थियो। 

आज शनिबार सम्पन्न भएको फाइनल खेलमा धरान वडा नं. १५ र धरान वडा नं. १७ विच बडो रोचक र प्रतिस्पर्धात्मक भएको खेलमा पहिलो हाफमा १-१ गोल बराबरी हुदै खेल रोचक र प्रतिस्पर्धा भएको थियो। 

खेलको दोस्रो हाफमा धरान वडा नं. १७ का सौजन राईले थप अर्के गोल गर्दै खेललाई अग्रता दिलाएका थिए। धरान-१५ र धरान -१७ विचको खेलमा २–१ गोल अन्तरले हराउदै वडा १७ चौथो पटक च्याम्पियन बन्यो। धरान वडा नं. १७ ले नगद १ लाख ५० हजार, ट्रफी र मेडल पुरस्कार प्राप्त गरेका थिए । उपविजेता धरान वडा १५ ले नगद ७५ हजार, ट्रफी र मेडल प्राप्त गरे छ । विजेता तथा उपविजेता दुवै टिमलाई धरान वडा नं. १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) र उनका वुवा ध्यानबहादुर राईले नगद २५/२५ हजार पुरस्कार थप पुरस्कार राशी प्रदान गरेको आयोजकले जानकारी दिए। 

प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी वडा १७ का सविन राई घोषित भए उनले नगद १५ हजार प्राप्त गरेका थिए। प्रतियोगितामा ६ गोल गरेका वडा १४ का सरोज राईले हाइ स्कोरको पुरस्कार नगद ७ हजार ५ सय प्राप्त गरेको थिए। बेष्ट डिफेन्स धरान १७ का सौजन राई, बेष्ट गोल किपर धरान १७ का सुजन राई, बेष्ट मिडफिल्डर धरान १७ का सुशिल राई, बेष्ट स्ट्राइकर धरान १७ कृष्ण राई, बेष्ट कोच धरान १७ का योगेन राई, राइजिङ प्लेयर धरान १७ का साहिल राई घोषित भए । म्यान अफ द म्याच धरान १५ का नगेन राईले प्राप्त गरेका थिए। उनीहरुले जनही ५ हजार ५ सय र ट्रफी प्राप्त गरेका थिए।

त्यस्तै, आयोजकले औजार दैनिकका पत्रकार केदार बस्नेतलाई स्वर्गीय सुवास राई स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरेका छन्। उनलाई नगद ५ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो। 

टुबोर्ग वियरले मुख्य प्रायोजन र धरान -१७ र धरान १७ समाज हङकङ र सेन्ट जोसेफ स्कुलले सहप्रायोजन गरेको फुटबल खेलमा धरान उपमहानगरपालिका धरानका सबै वडाको सहभागिता रहेको आयोजकले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...

त्रिभुवन विमानस्थल भन्सारमा अख्तियारको छापा, घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा छापा मार्दै तीन...

कानुन निर्माणमा ढिलाइ हुँदा असन्तुष्ट बनेर महावीर पुनले छाडे मन्त्री पद : प्रधानमन्त्री

काठमाडौं, १९ माघ – प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले असन्तुष्टि जनाउँदै मन्त्री...

सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि घट्यो भाउ

काठमाडौं, १९ माघ – नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको...

आज २०८२ साल माघ १९ गतेको राशिफल

आज माघ १९, २०८२ ( फेब्रुअरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...