News Portal

  • भारतीय पेन्सन क्याम्प धरानले ७४औं गणतन्त्र दिवसको अवसरमा भव्य कार्याक्रम सम्पन्न गऱ्यो (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ३७६ पटक

    धरान – धरान उपमहानगरपालिका धरान-१३ स्थित भारतीय पेन्सन वितरण क्याम धरानको फुस्रेमा ७४औं गणतन्त्र दिवसको अबसरमा एक विशेष कार्याक्रमको आयोजना गरी भव्य मनाएको छ।

    भारतीय पेन्सन वितरण क्याम फुस्रेका कार्यालय प्रमुख मेजर भरत कोनजियाको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न कार्यक्रमको आयोजना सहित ७४औं गणतन्त्र दिवस भव्य मनाएको हो। मेजर कनोजियाले आमन्त्रित प्रमुख अतिथि, अथिति र सुरक्षा प्रमुखहरुलाई विशेष स्वागत गरेको थिए।

    आयोजित कार्यक्रमको प्रमुख अतिथिमा धरान उपमहानगरपालिका धरानका उपप्रमुख अइन्द्र विक्रम बेधा रहेको थिए। त्यस्तै धरान-१३ का वडाध्यक्ष नेत्र काफ्ले, सुरक्षा प्रमुखहरु, उधोग बाणिज्य संघका प्रतिनिधि लगायतका महानुभावहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो।

    भूपु गोर्खाहरुका लागि डोरी तान खेल, सास्कृतिक विशेष नृत्य, साना बालबालिकाहरुका लागि विभिन्न रोचक खेल समेत रहेको थियो। त्यस्तै भारतीय सेनाका विभिन्न तहमा रहेर संस्था र देशका लागि योगदान दिनु हुने भूपु गोर्खा र परिवारलाई विभिन्न सम्मान समेत प्रदान गरिएको थियो।

    आयोजित कार्यक्रमको अपसरमा गोर्खा भूपु पत्रिका मेजर कनोजिया र उपप्रमुख बेधाले संयुक्त रुपमा सार्वजनिक समेत गरेका थिए। त्यस्तै, बृहत रक्तदान कार्यक्रमको अबसरमा रक्तदान गर्नु हुने रक्तदाताहरुलाई प्रमाण पत्र वितरण समेत गरिएको थियो।

    आयोजित उक्त कार्यक्रममा निःशुल्क स्वास्था शिविर परीक्षण, अशक्त भूपुहरुलाई ह्वील चियर वितरण र भूपुका आश्रीत परिवारलाई सम्मान समेत गरिएको थियो। आयोजित कार्यक्रममा उपस्थित प्रमुख अथिति, अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो। त्यस्तै आयोजित कार्यक्रम भारतीय पेन्सन क्याम फुस्रेका प्रशासनिक प्रमुख कृष्णबहादुर मगरले संचालन गरेका थिए।

     

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सन्तोष परियार नयाँ शक्ति र प्रगतिशील अभियानमा समाहित, ७ मंसिरमा बृहत् एकता घोषणा

    काठमाडौं, कार्तिक २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको...

    प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए विवरण, ३ मन्त्रीले अझै बुझाएका छैनन्

    काठमाडौं, कार्तिक २८  – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो...

    सीआईबी भन्दै रकम ट्रान्सफर गराउने दुई जना पक्राउ

    काठमाडौं, कार्तिक २८ – काठमाडौंमा आफूहरूलाई सीआईबीका अधिकारी भनेर चिनाउँदै ठगी गर्ने दुई जना पक्राउ...

    संसद छिट्टै पुनर्स्थापना हुनैपर्छ, संविधान संशोधनमार्फत जेन–जीका माग सम्बोधन सम्भव : सभामुख घिमिरे

    बिर्तामोड, कार्तिक २८ – सभामुख देवराज घिमिरेले संसद पुनर्स्थापना अब अनिवार्य भएको बताएका छन्। बिहीबार बिहान...

    ओली चुनावको मुख्य रोकावट बनेका छन् : भूसाल

    काठमाडौं, कार्तिक २८ — पूर्वमन्त्री घनश्याम भूसालले आगामी प्रतिनिधिसभा चुनाव रोक्ने वास्तविक कारण एमाले अध्यक्ष...