News Portal

  • हेटौंडामा एक किशोरमाथि चक्कु प्रहार दुइजना आरोपित पक्राउ

    हिमालीसंचार संवाददाता
    १५१ पटक

    युवा राई/हेटौडा – जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडामा एक किशोर लाई चक्कु प्रहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

    हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ राजदेवीमा मादक पदार्थ सेवनगरी चक्कु प्रहार गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको हो।
    पक्राउ पर्नेमा स्थानीय हटिया बस्ने अन्दाजी ३२ को सन्तोष राई र हेटौडा ९ लामसुरे बस्ने अन्दाजी १९ बर्षीय शुसिल मोक्तान रहेका छन् । कवाडीको काम गर्ने भारत मोतिहारी घर भई हेटौंडा–४ कमलडाडा बस्ने अन्दाजी १८ बर्षीय जोधा कुमार सहनिलाईआज दिउँसो चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।

    स्थानीय हटिया बस्ने अन्दाजी ३२ को सन्तोष राई र हेटौडा ९ लामसुरे बस्ने अन्दाजी १९ बर्षीय शुसिल मोक्तानले सहनिलाई चक्कु प्रहार गरेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले बताएका छन्।

    डिएसपी कार्कीले बताए अनुसार चक्कु प्रहार गरी फरार रहेका दुवैलाई वडा प्रहरी प्रमुख केशर कुमार न्यौपानेको कमाण्डमा १७ सिसौघारीबाट चक्कु सहित पक्राउ गरेको हो । चक्कु प्रहारबाट घाइते सहनिको हेटौडा अस्पतालमा उपचार भइरहेको छ।

    यसअघि पनि हेटौंडाको मानसचोक र बसपार्क क्षेत्रमा चक्कु प्रहारको घटना भएको थियो । यसअघि पनी आरोपमा प्रहरीले पक्राउ गरेर कानूनी प्रक्रिया अगाडी बढाएको छ। हेटौंडामा पछिल्लो महिनामा सामान्य भनाभनका घटनामा पनि चक्कु प्रहारसम्म पुग्ने कार्य निन्दनिय रहेको मानव अधिकारकर्मीहरुले बताएका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...