News Portal

तामाङ नया वर्ष तथा सोनाम ल्होसारको अवसरमा मैत्रिपुर्ण बास्केटबल प्रतियोगिता सम्पन्न

विकास चाम्लिङ राई
३८८ पटक

धरान/बिकास चाम्लिङ राई – तामाङ समुदायको नया वर्ष २८५९ तथा सोनम ल्होसारको अवसरमा आइतबार मैत्रिपुर्ण बास्केटबल खेल सम्पन्न भएको छ ।

नेपाल तामाङ घेदुङ संघ, सुनसरी अध्यक्ष एवं नेपाल बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामाको सभाध्यक्षमा धरान बास्केटबल संघका संस्थापक तथा पदाधिकारीहरु विच मैत्रिपुर्ण खेल भएको हो । आयोजित खेल दुई टिममा विभाजन गरि खेलिएको मैत्रिपुर्ण खेलमा सभाध्यक्ष सुरजकुमार लामाको टिमले धरान बास्केटबल संघका संस्थापक तथा महेन्द्र बहुमुखी क्याम्पसका प्रध्यापक कृष्ण राईको टिमलाई ७०–६८ अंकको झिनो अन्तरले पराजित गर्दै विजयी भएका छन ।

अत्यन्त्य प्रतिस्पर्धात्मक भएको खेलमा लामा र राईको टिममा प्रत्येक क्वाटरमा २४–११, १२–१५, १४–२० र १०–१२ अंकको अन्तर रहेको थियो । खेलमा विजयी टिमका प्रदेश १ बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई र राष्ट्रिय रेफ्रि शिशिर पोख्रेलले समान २४ अंक जोडेका थिए भने पराजित राईका टिमबाट त्रिसान्त श्रेष्ठले २७ अंक जोडेका थिए ।

विजयी हुने लामाको टिमबाट नेपाल बास्केटबल संघका पुर्व केन्द्रिय सदस्य तथा धरान बास्केटबल संघका संस्थापक महेश श्रेष्ठ, संघका संस्थापक एवं सल्लाहकार एसपि नविन राज राई, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, राष्ट्रिय रेफ्री शिसिर पोख्रेल र प्रदेश १ बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई रहेको थियो । 

त्यस्तै, राईको टिमबाट बास्केटबल संघका संस्थापक तथा सल्लाहकार एसपि टेकुनन्द लिम्बु, पुर्व खेलाडि देवराज राई, बास्केटबल संघका सदस्य रोशन राई, पुर्व खेलाडि सविन राई, प्रदेश १ बास्केटबल खेलाडि दिवस राई र त्रिशान्त श्रेष्ठ रहेको थियो ।

धरान ८ स्थित यलम्वर खेल मैदानको बास्केटल कोर्टमा सम्पन्न मैत्रिपुर्ण खेल कार्यक्रमा विशेष अतिथिको रुपमा नेपाल पत्रकार महासंघ, सुनसरीका अध्यक्ष जनकऋषि राईको उपस्थित रहेको थियो । नया वर्ष तथा सोनम ल्होसारको सुभकामना आदनप्रदान गरेपछि कार्यक्रम समापन भएको थियो ।

प्रतिकृया दिनुहोस्

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...

त्रिभुवन विमानस्थल भन्सारमा अख्तियारको छापा, घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा छापा मार्दै तीन...

कानुन निर्माणमा ढिलाइ हुँदा असन्तुष्ट बनेर महावीर पुनले छाडे मन्त्री पद : प्रधानमन्त्री

काठमाडौं, १९ माघ – प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले असन्तुष्टि जनाउँदै मन्त्री...

सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि घट्यो भाउ

काठमाडौं, १९ माघ – नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको...

आज २०८२ साल माघ १९ गतेको राशिफल

आज माघ १९, २०८२ ( फेब्रुअरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...