ग्यास विक्रेता महासंघको टिमले उधोगमन्त्री भण्डारीलाई भेट गर्यो

काठमाडौं। ग्यास विक्रेता महासंघ नेपालको अनुरोधमा महासंघको नेतृत्व टिम र नेपाल सरकार उधोग वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीविच ग्यास कारोवारको वर्तमान अवस्थासंग संवन्धित रहेर छलफल भएको छ।
महासंघको पदाधिकारी टिमवाट नवनियुक्त मन्त्रीलाई बधाई दिदै उधोग व्यवसायको वर्तमान अवस्था सन्दर्भमा राम्ररी बुझेको व्यक्तित्वलाई माननिय मन्त्रीको रुपमा पाउदा हर्षित भएका छौं।
कोरोना महामारीले थिलोथिलो बनाएको उधोगी व्यवसायीलाई रुस युक्रेन विचको युद्दबाट कच्चा तेलको अत्यधिक मुल्य वृद्दी हुदा संचालन खर्चहरु बढेको विषय माननिय मन्त्रीसमक्ष राख्दै यहाँको आगमनबाट व्यवसायी वातावरणको लागी थप उर्जा मिल्नेमा विश्वस्त भएका छौं भनि महासंघबाट नवनियुक्त मन्त्री समक्ष अनुरोध गरिएको छ।
ग्यास कारोवारमा बैकसंग लिएको ऋणको अत्यधिक व्याज वृद्वीलगायत संचालन खर्चहरु बढेको कारण ग्यास व्यवसायमा संलग्न उधोगी,विक्रेता र डिष्ट्रिव्युटरहरु निकै अप्ठ्यारोमा परेको हुदा बढिरहेको खर्चहरु थेग्न सक्ने वातावरण मिलाईदिन अनुरोध गरिएको महासंघको अध्यक्ष चन्द्र वहादुर थापाले हिमालीसंचारसंग वताए।
त्यस्तै, प्रज्वलनशील पदार्थ भएको कारण प्रयोगमा जनचेतना मुलक कार्यक्रम स्थानिय निकाय मार्फत गरिनुपर्ने विषय पनि माननिय मन्त्रीसमक्ष राखेको थापाले भने।


















